एसएलसीको प्रमाणपत्र इन्टरनेटबाटै जाँच गर्न सकिने
काठमाडौं, पुस ८ -करिब २७ लाख विद्यार्थीको एसएलसीको प्रमाणपत्रको आधिकारिकता इन्टरनेटबाटै जाँच गर्न सकिने नयाँ व्यवस्था शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षा उर्त्तीण गरेका २०५७ देखि २०६८ सम्मका परीक्षार्थीको प्रमाणपत्र आफ्नो वेबसाइटमा राखिदिएको छ । पनिकाले सुरु गरेको ‘अनलाइन भेरिफिकेसन’ सुविधाबाट ती अवधिमा एसएलसी परीक्षा उर्त्तीण गरेका विद्यार्थीको प्रमाणपत्रको आधिकारिकता थाहा हुने भएको हो ।परीक्षा नियन्त्रक खगराज बरालले भन्नुभयो, ‘प्रमाणपत्रको भेरिफिकेसनका लागि अब पनिकामा आएर निवदेन दिइरहनु पर्दैन् । घरमै बसेर पत्ता लगाउन सकिन्छ ।’ त्यस १२ बर्ष अवधिमा नियमित, एक्जाम्टेड र पूरक गरेर २७ लाखभन्दा बढी विद्यार्थीले एसएलसी परीक्षा उर्त्तीण गरेको पनिकाको तथ्यांक छ ।
परीक्षा नियन्त्रक बरालले लोकसेवा आयोग, सेना, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई पनि २०५७ देखि २०६८ सालसम्म एसएलसी परीक्षा उर्त्तीण गरेका व्यक्तिको प्रमाणपत्र हेर्न सहज हुने बताउनुभयो । स्रोत :ओनलाइन खबर