छुरा प्रहारबाट १ जनाको हत्या
प्यूठान, पुस ४ –प्यूठानमा मंगलबार राती छुरा प्रहारबाट १ जनाको हत्या भएको छ । गुल्मीको अग्लुङफेदीबाट खुङ गाविस ४ ठूलाबेशीमा आफ्नो घरतर्फ आइरहेका २३ वर्षिय विज्ञान केसीलाई बाटोमा लुकेर बसेका युवाहरुले छुरा प्रहार गरेका हुन् ।
गम्भीर घाइते भएका केसीको उपचारका लागि विजुवार लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।केसीसँगै मोटरसाइकलमा रहेका पूजा गाविस १ का रमेश मल्ल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
घटनाको कारण खुल्न नसकेको र घटनामा संलग्न रहेको आशंकामा प्यूठान लिवाङ ६ का शंकर विक र शिव विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मित्रमन्धु शर्माले बताउनुभयो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।स्रोत : उज्यालो
