|

साउदीमा मृत्यु भएका ३९ नेपाली कामदारको शव परिवारले पाएनन

दोहा (कतार), कार्तिक १९ - साउदी अरबमा मृत्यु भएका ३९ नेपाली कामदारको शव अन्तिम संस्कारका लागि परिवारले पाउन सकेका छैनन् ।

साउदीको रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनीले असहयोग गरिदिँदा १३ महिनादेखि त्यस्ता शव परिवारले पाउन नसकेका हुन् । शव पठाउने प्रक्रिया साउदीमा निकै झन्झटिलो छ ।

दूतावासका अनुसार गोरखाका राजन खनाल, मोरङका हरिमाया सुन्दास, दिलबहादुर तामाङ, जितमान कामी, नवलपरासीका नगीन्द्रबहादुर टकुरी, हेमबहादुर सारु मगर, पाँचधरका लक्ष्मीप्रसाद काफ्ले, गोपी विश्वकर्मा, सिरहाका मनिकचन साह, धनबहादुर श्रीश थापा, झापाका मोनादेवी दर्जी, धनुषाका रामकरन पासमान, तनहुँका केशरबहादुर थापा, कपिलवस्तुका यार मोहमद मुसलमान, तनहुँका सन्तोष गौतम, लमजुङका बेलबहादुर गुरुङ, रोल्पाका भूपेन्द्र घर्ती, मोरङका कमल अधिकारी, रामेछापका बमबहादुर तामाङ, जल मोहमद राइन, देवराज राईका शव त्यतै अल्भिmएका छन् ।

त्यस्तै, नेमस तामाङ, सिरहाका सोभिया खत्वे, म्याग्दीका यामबहादुर छन्त्याल, उदयपुरका अमृतकुमार राई, म्याग्दीका यामबहादुर सुनार, काठमाडौंका नरबहादुर तिवारी, राम नरेश साह, काभ्रेका लक्ष्मणप्रसाद वाग्ले, धनुषाका राजकिशोर मण्डल रूपन्देहीका बैस मोहमद भाटको शव पनि रोकिएको छ ।

विदेश मन्त्रालयसँग आग्रह अक्टोबर १० मा गोरखाका राजन खनालको साउदी अरबमा मृत्यु भएको एक वर्ष भयो । मृत्युको खबर पाएदेखि नै आफन्तले शव झिकाइदिन परराष्ट्र मन्त्रालयदेखि साउदीको रियादस्थित नेपाली दूतावासमा बारम्बार पत्र, टेलिफोन गरिरहेका छन् । प्रक्रिया पूरा भए पनि कम्पनीले शव नपठाएको हो । 'सम्पर्कमा नआई शव नपठाउने स्पोन्सर/कम्पनीबारे यहाँको विदेश मन्त्रालयसँग सहयोगका लागि अनुरोध गरिएको छ,' राजदूत उदयराज पाण्डेले भने । दूतावासले पटक-पटक शव पठाउन कम्पनी वा स्पोन्सरलाई आग्रह गरे पनि अटेर गरेपछि विदेश मन्त्रालयलाई अनुरोध गरिएको हो । दूतावासले कतिपय कम्पनीसँग सम्पर्क स्थापित गर्न सकेको छैन भने कतिपय कम्पनीले शव पठाउने प्रक्रिया सुरु गरेको छैन ।


त्यस्तै कम्पनीले शव पठाउने जिम्मेवारी नलिँदा झन्डै आधा दर्जनभन्दा बढी शव अलपत्र छन् । घर बिदाबाट फर्केर कम्पनीमा जानेक्रममा गाडी दुर्घटनामा परी ज्यान गुमाएका लमजुङका बेलबहादुर गुरुङको शव पठाउन कम्पनी पन्छेको छ । गैरकानुनी हैसियतमा काम गर्ने क्रममा ज्यान गुमाएका पाल्पाका नेत्रबहादुर सारु, धनुषाका विनोदप्रसाद साह, खोटाङका जीवन राई, महोत्तरीका विश्वेश्वर राउत कर्मी, कपिलबस्तुका अब्दुल मोइद मुसलमान र रोल्पाका गोपीलाल घर्तीको शव पठाउन कम्पनी तयार छैन । शव पठाउन करिब दुई लाख रुपैयाँ लाग्ने दूतावासको अनुमान छ । आर्थिक रूपमा कमजोर भएका परिवारले साउदीमा सद्गत गर्न अनुरोध गरेका छन् ।
स्रोत :कांतिपुर

Posted by Butwalonline on 7:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " साउदीमा मृत्यु भएका ३९ नेपाली कामदारको शव परिवारले पाएनन"

Leave a reply