प्रतिमा स्मृति अक्षयकोषको स्थापना
बिनोद परियार,बुटवल ,कार्तिक २८ - नेपाली काग्रेसका केन्द्रिय सदस्य एंव पूर्व मन्त्री बालकृष्ण खाणले राजनीतीक दलहरु निति निर्माण तहमा पुगेपनि सामाजिक सृजनाको काम गर्न नसकेको बताउनुभएको छ ।
प्रतिमा स्मृति अक्षयकोष बुटवलद्धारा आज आयोजित स्व.प्रतिमा बस्नेतको प्रथम बार्षिक पुण्यतिथि तथा श्रद्धान्जली सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले स्व.बस्नेतको परिवारले समाजमा रहेका जेष्ठ नागरिक,जेहेन्दार तथा शिक्षाप्रेमी र संचारकर्मीलाई बार्षिक रुपमा अक्षकोषमार्त सम्मान गर्ने कार्यले आफुहरुलाई झकझकाएको बताउनुभयो । नेता खाणले नागरिकता नभएका जेष्ठ नागरिकलाई सम्मान गरेर नमूना कार्यको थालनी गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
स्व. प्रतिमा बस्नेतका पिता नरेन्द्र बस्नेतले छोरीको सम्झनामा ९ लाखको अक्षयकोष स्थापना गरेको बताउनुभयो ।पारी बटवलमा आयोजित श्रद्धान्जली सभामा उजिरसिंह मावि ब्यवस्थापन समितिका अध्यक्ष रमेश प्रसाद नेपाल,पत्रकार महासंघ रुपन्देहीका सभापति दीपक ज्ञवाली, विमल बहादुर शाक्य गौतमलाल शाक्यले बोल्दै सामाजिक अभियानमा अक्षयकोषले काम गरेकोमा प्रशंसा गरेका थिए । सो अवसरमा नागरिकता नभएका दुई जना जेष्ठ नागरिक जमुरादेवी र सम्पदी कानुलाई मासिक दुई सय आजिवन प्रदान गर्ने गरिसहयोग गरिएको थियो । यसैगरि उजिरसिंह माविका ३,बुटवल माविका २,सरस्कवती माविका २ जना छात्रालाई जनही १ /१ ह्जारका दरले सम्मान गरिएको छ । यस्तै उजिरसिंह माविका एक जना उत्कृष्ट शिक्षकलाई ५ हजार,महाविर बोर्डङ स्कुलका एसएलसि उत्कृष्ट विद्यार्थीलाई ५ हजार,मदरसामा रहेका टुहुरा बालवालिकालाई ५ हजार,नगरपालिकाका कल्याणकारी कोषलाई ५ हजार नगद दिईएको छ । साथै महिला संचारकर्मिलाई समेत ५ हजारको पुरस्कारको ब्यवस्था गरेको छ । अक्षयकोषले यी सबै पुरस्कार आजिवनका लागि छुट्टाएको हो । दुर्घटना विमाको ६ लाख र सहयोग संकलन गरि ९ लाखको अक्षयकोष स्थापना गरेको बस्नेतले बताउनुभयो । स्व. प्रतिमाको ६८ साल कार्तिक २८ गतेका दिन भैरहवामा सवारी दुर्घटनामा परि मृत्यू भएको थियो ।