जता-ततै तिहारमा विद्युतिय बत्तिहरुकोझिलिमिली
बिनोद परियार,बुटवल ,कार्तिक २८ - घरघरमा दीपावली र तिहारको स्वागत गर्नका लागि भन्दै अलिे सबैका घर झिलिभिली र रंगिचंगि पारिएको छ । वजारमा घरघरमा विद्युतिय बत्तिहरुको व्यापक प्रयोग गरि झिलिभिली पारिएको छ । आआफ्नो गच्छे अनुसार रंगिचंगी बत्तिहरु लगाएर घरहरु सिङगारिएका छन् । बुटवल लगायतका यस क्षेत्रका वजारमा चाइनिज झाल्लर बत्तिहरुको माग निकै रहेको छ । पहिले माटाका पाला प्रयोग गरि बत्ति बाल्ने चलन कम हुदै गएको छ । माटाका पालाको स्थान विद्युतिय बत्तिहरुले लिएका छन् । यस बर्ष अघिल्लो बर्षभन्दा बढी त्यस प्रकारका बत्तिहरुको कारोवार भएको व्यापारीहरुले बताएका छन् ।
यमराज आफ्ना दैनिक काम छाडेर पाच दिनसम्म बहिनीका घरमा पाहुनाका रुपमा रहने विश्वास रहिआएको हुदा त्यस समयमा उज्यालो बनाउने धार्मिक मान्यता रहेको छ । कार्तिक शुक्ल द्वादशीका दिनदेखि पाच दिनसम्म मनाइने तिहारलाई फूल र बत्तीको पर्वका रुपमासेमत चिनिने गरिन्छ । अहिले वजार तथा गाउ क्षेत्र झिलिमिली बनेको छ । त्यसैगरि बजारमा आजदेखि फूलको ब्यपार समेत बृद्धि भएको छ । बुटवलको अमरपथ,हाटबजारलाईन लगायतका क्षोत्रमा फूलको ब्यपार बृद्धि भएको हो ।