|

कतारमा मृत्यु भएका एक पीडित परिवारलाई आर्थिक सहयोग

उदयपुर, मंसिर १० - वैदेशिक रोजगारीका क्रममा कतारमा ज्यान गुमाउन पुगेका खोटाङको एक पीडित परिवारलाई कतारमै रहेको एक संस्थाले आर्थिक सहयोग गरेको छ। जिल्लाको बतासे गाविस ३ का मृतक कविन राईको परिवारलाई कतारस्थित खोटाङ सेवा समाजले एकलाख ५५ हजार रुपैयाँ सहयोग गरेको हो।

सो रकम मृतक परिवाराई राहत तथा छोराछोरीको पठनपाठनमा सहयोग पुर्यापउने उद्देश्यले प्रदान गरिएको समाजका सल्लाहकार विनादेवी राईले बताईन्। समाजका तर्फबाट गठित 'कविन राई सहयोग संकलन समिति'का संयोजक चन्द्रशेर राईले कतारबाट पठाएको उक्त परिमाणको रकम सल्लाहकार राईले शनिबार विहान मृतक परिवारलाई हस्तान्तरण गरिन्। पैसा कमाउने उद्देश्यले विदेशिएका राईको मृत्युपछि परिवार र बालबालिकाको पठनपाठनमा सहयोग गर्न राहतस्वरुप सहयोग गरिएको समाजका महासचिव नारायण बस्नेतले बताए।

उक्त रकममध्ये मृतककी श्रीमति रोजिना राईको नाममा ७५ हजार र कान्छी छोरी कीर्तिको नाममा ८० हजार जम्मा गरिएको समाजले जनाएको छ। उक्त रकम समाजले खोटाङका विभिन्न गाविसमा घर भएर कतारमा कार्यरत कामदार र अन्य नेपाली कामदारबाट संकलन गरेर जम्मा गरिएको बस्नेतले बताए। वैदेशिक रोजगारीको क्रममा एकवर्षअघि कतार पुगेका राईको पाँचमहिनाअघि कोठामै मृत्यु भएको थियो। परिवारजनका अनुसार उनको मृत्यु हृदयघातले भएको खवर कतारी अस्पतालले जनाएको सल्लाहकार राईले बताइन।

कतारमा गठन भएर क्रियासिल खोटाङ सेवा समाज रोजगारीका लागि विदेश जाने खोटाङकै युवाहरुले खोलेका हुन्। संस्थाले जिल्लाबासी कामदारलाई सारोगाह्रो परेका बेला आर्थिक, भौतिक तथा पैरवी सयहोग गर्दै आएको महासचिव बस्नेतले बताएका छन्। मृतक राई पनि समाजका सल्लाहकार रहेका थिए।
स्रोत :नागरिक

Posted by Butwalonline on 6:24 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारमा मृत्यु भएका एक पीडित परिवारलाई आर्थिक सहयोग"

Leave a reply