|

११ औं इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगिता जारी

पोखरा, ९ भदौ। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरा र·शालास्थित ब्याडमिन्टन कोर्टमा सञ्चालित ११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता शनिबार जारी रह्यो।

शनिबार विभिन्न विधाका ४० खेल सम्पन्न भएका छन्।यु–१६ ब्वाइज सि·लतर्फ प्रगति उमाविका सुवास देवकोटा, सैनिक आवासीय महाविद्यालयका सुविन भण्डारी, सोसियल पब्लिकका मिलन शर्मा, कुमुदिनी होम्सका विजय उदास, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरी, कुमुदिनीकै विकल गुरुङ, पोखरा एकेडेमीका प्रदीप अधिकारी, कुमुदिनीका असीम काजी, प्रगतिका आशिष अधिकारी, सिद्धार्थ बोर्डिङ स्कुलका प्रवेश श्रेष्ठ, माउण्ट एभरेष्टका लारिस गुरुङ, सिद्धार्थका अमोल तझ्या, माउण्ट एभरेष्टका सुजन हितान, पोखरा एकेडेमीका सुजन श्रेष्ठ, पोखरा एकेडेमीका आदित्य कार्की, टप्स उमाविका दीपल गुरुङ र बाराही उमाविका सुवास ढकाल आ–आÇना प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्।

यु–१६ गल्र्स सि·लतर्फ टप्स उमाविकी प्रतिभा गुरुङ, टप्सकै मनिषा चौधरी, कुमुदिनी होम्सकी प्रनिशा गुरुङ, माृण्ट एभरेष्टकी सविना परियार, माउण्ट एभरेष्टकै स्वेच्छा श्रेष्ठ, टप्सकी मेनुका गुरुङ, सिद्धार्थ बोर्डिङकी सिन्हा गुरुङ, टप्सकी पुष्पा चौधरी पनि आ–आÇना प्रतिस्पर्धीलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे।

यु–१२ गल्र्स सि·लतर्फ माउण्ट एभरेष्टकी पूजा शर्मा, टप्सकी मनिषा चौधरी, माउण्ट एभरेष्टकी स·ीता लामा, सिद्धार्थकी प्रतिभा केसी, सिद्धार्थकै रजिना गुरुङ र माउण्ट एभरेष्टकी अञ्जली भण्डारी पनि दोस्रो चरणमा प्रवेश गरे।

यु–१२ ब्वाइज सि·लतर्फ टप्सका राज अन्सारी, सिद्धार्थका सुदर्शन गुरुङ, शान्तिनिकेतन उमाविका गोपाल थापा, पोखरा एकेडेमीका सन्दीप गुरुङ, प्रगतिका इशान खड्का, पोखरा एकेडेमीका मन्दिस बस्नेत, सिद्धार्थका अविरल गुरुङ, ज्योतिकुञ्ज उमाविका आदर्श गुरुङ, पोखरा एकेडेमीका राजन जिसी, अञ्जुली बोर्डिङ स्कुलका उत्सव कार्की, प्रगतिका सुलभ बस्नेत, कुमुदिनीका विजय गुरुङ, सैनिकका सुदीप भण्डारी र पोखरा एकेडेमीका सुशान्त बस्नेत विजयी भएका छन्।

शनिबार भएको यु–१६ ब्वाइज सि·लतर्फको खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रतियोगिताका मुख्य प्रायोजक मेख गुरुङ र डा. प्रिष्टिना गुरुङले माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरीलाई चार हजार बराबरको जुत्ता प्रदान गरेका थिए।यस्तै यु–१२ ब्वाइज सि·लतर्फको खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अञ्जुली बोर्डिङ स्कुलका उत्सव कार्कीलाई मुख्य प्रयोजकद्वय मेख र डा. प्रिष्टिनाले प्रोत्साहनस्वरुप नगद पााच हजार प्रदान गरेका थिए।

Posted by Butwalonline on 8:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "११ औं इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगिता जारी"

Leave a reply