ब्लड क्यान्सरबाट दुवईमा एक नेपालीको मृत्यु
युएई भदौ १० स्याङ्गजा वालिङ्गका पूर्ण बहादुर रानाको गत शनिवार विहान दुवईको अल रसीद अस्पतालमा व्लड क्यान्सरबाट मृत्यु भएको छ । विगत ५ बर्ष देखी यूएईमा र २ बर्षदेखि अलसाय ग्रुफ अफ कम्पनी यूएईमा कार्यरत राना गत केहि महिनादेखि ब्लड क्यान्सरले पीडित थिए । उपचारको क्रममा आफुलाई अलि ठिक भएको हो कि भन्दै ४ महिना पहिला २ महिनाको छुट्टिमा नेपाल गएका थिए छुट्टिपछि उनी लगत्तै यूएई आए र दुई महिना कम्पनीमा काम गरे ।
छुट्टिबाट फर्केर आएपछि फेरि उनलाई रोगले च्यापेपछि अल रसिद अस्पतालमा चेकअपकोलागि गएका थिए । सुरुमा त अस्पतालले उनको रोगको बारेमा उपचार सम्भव नभएको भन्दै चेकअप गर्न नमानेको तर उनी जवरजस्ती उपचार गराउन बाध्य भएका थिए । उनको उपचारकोलागि अन्य संघ सस्थाहरु तथा ब्यक्तिहरुले पनि सहयोग गर्दै आएका थिए भने कम्पनीले पनि उपचारको खर्च ब्यहोरी रहेको थियो । गत केहि महिना पहिला उनको सहयोगको लागि एनआरएनए एनसीसी यूएईको सम्योजकत्वमा यूएईका विभिन्न संघ संस्थाहरुले करिव १ लाख नेपाली रुपैया सहयोग स्वरुप उनको परिवारलाई प्रदान गरेका थिए ।
आर्थिक अवस्थामा पनि कमजोर रहेका उनको नेपालमा श्रीमती सहित १ छोरी छन् । कम्पनीले लामो समय उपचारमा खर्च गरिरहेको र अलसाय ग्रुप अफ कम्पनीको दुवईमा मेडीकल ईन्सुरेन्स नभएको हुनाले उनले पाउनु पर्ने ईन्सुरेन्स रकम नपाउन सक्ने र सकेसम्म कम्पनीबाट केही मात्रमा रकम उपलब्ध गराउने प्रयास गर्ने उक्त कम्पनीमा कार्यरत तथा समाजसेवी विदुर राउतले वताए । छुट्टिमा नेपाल गएको बेलामा घर वनाउन बैकंबाट भर्खरै ऋण लिएको वतार्इएको छ ।
उनको शव नेपाल पठाउने प्रकृया थालिएको र छिट्टै पठाईने पनि राउतले वताए । यूएईमा रहेका सम्पूर्ण संघ सस्थाका पदाधिकारीहरुलाई उनको परिवारले आर्थिक सहयोगकोलागि अपिल पनि गरिएको एनआरएनए एनसीसी यूएईका अध्यक्ष चन्द्र रोकाहाले वताए ।
समाचार ऑनलाइन खबर बाट