एक पुरुष र एक महिलाको खुकुरी प्रहारबाट विभत्स हत्या(भिडियो )
भक्तपुर, साउन १७- भक्तपुरको ताथली गाविस-८ चुनदेवी ईथोलमा सोमबार राति एक पुरुष र एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ।
खुकुरी प्रहारबाट पोखरा उपमहानगरपालिका-१६ घरभई भक्तपुरको कौसलटार बस्ने भक्तपुर कमलविनायकस्थित नियोलोजिअन एकेडेमीका प्रिन्सिपल र गाघरस्थित भक्तपुर इङ्लिस स्कुलमा कार्यरत करिब ३० वर्षका सुजन पौडेल र भक्तपुर नगरपालिका-५ बोलाछें महाकाली स्थान घरभई सोही विद्यालयमा लेखा शाखामा कार्यरत करिब २४ वर्षीया विद्यालक्ष्मी शाखकर्मीको हत्या भएको हो।
खुकुरी प्रहारबाट पोखरा उपमहानगरपालिका-१६ घरभई भक्तपुरको कौसलटार बस्ने मानव अधिकार शान्ति समाज भक्तपुरका सभापति, भक्तपुर कमलविनायकस्थित नियोलोजिअन एकेडेमीका प्रिन्सिपल र गाघरस्थित भक्तपुर इङ्लिस स्कुलमा कार्यरत करिब ३० वर्षका सुजन पौडेल र भक्तपुर नगरपालिका-५ बोलाछें महाकाली स्थान घरभई सोही विद्यालयमा लेखा शाखामा कार्यरत करिब २४ वर्षीया विद्यालक्ष्मी शाखकर्मीको हत्या भएको हो।
हत्याराले खुकुरीको प्रयोग गरी दुवै जनाको टाउकोमा मात्र हानेर अनुहार चिन्न नसक्ने गरी विभत्स तरिकाले हत्या गरेको प्रहरीले बताएको छ।
ताथलीको चुनदेवी क्षेत्रको मानव वस्तीबाट टाढा बाँसको झ्याङमा एकान्त ठाउँमा उक्त हत्या भएको हो।
विवाहित पौडेल र अविवाहिता शाखकर्मीको हिजो राति करिब साढे ७ देखि साढे ८ बजेको बीचमा हत्या भएको हुनसक्ने महानगरीय प्रहरी परिसर भक्तपुरले अनुमान गरेको छ।
राति करिब ९ बजे स्थानीय इँट्टाभट्टामा कार्यरत मजदुरहरूले लाश देखेर प्रहरीलाई खबर गरे पछि घटनाबारे थाहा भएको परिसरका प्रहरी उपरीक्षक नारायणसिंह खड्काले बताए।
घटनास्थलमा मृतक पौडेलले चलाएको बा २५ प ५१८ नम्बरको पल्सर मोटरसाइकल ढलेको र मोटरसाइकलको पछाडिपट्टि शाखकर्मीको शव उत्तानो अवस्थामा र मोटरसाइकलको केही अगाडि पौडेलको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखा रानीपोखरीबाट आएको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरी राति २ बजे शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको प्रहरीले जनाएको छ।
हत्याराले पौडेलकोसाथमा रहेको मोबाइल र पर्स लगे पनि शाखकर्मीकोसाथमा रहेको कुनै सामान नलगेको पाइएको जनाउँदै प्रहरीले हत्याराले हतियारलगायत सबूतसमेत नछाडेकाले योजनाबद्धरूपमा हत्या भएको हुनसक्ने बताएको छ।
प्रहरीले पौडेल र शाखकर्मीका चिनजानकै कोही व्यक्तिले रिसइबीका कारण हत्या गरेको हुनसक्ने बताएको छ।
स्नातक तहको व्यवस्थापनतर्फ परीक्षा दिएकी शाखकर्मीले हिजै मात्र आफू उत्तीर्ण भएको थाहा पाए पनि परिवारसँग बसेर खुसी साट्न नपाएको परिवारले बताएका छन्।
शाखकर्मीका दाजु विनोदले नेपाल स्काउटमा समेत आबद्ध उनी स्काउटले नै सञ्चालन गरेको लिपीको कक्षामा सहभागी भएर धेरैजसो राति ८ बजे मात्र घर जाने गरेको र हिजो पनि रातिसम्म घर नआएपछि फोन सम्पर्क गर्दा पौने ७ बजेदेखि नै फोन अफ भएको पाइएको बताउनुभयो।
बहिनीको हत्या भएकोबारे राति प्रहरीले बताएपछि मात्र आफूहरूले थाहा पाएको पनि उहाँले बताउनुभयो।
नियोलोजिअन एकेडेमीमा राति ७ बजेसम्म बसेका पौडेल अचानक फोन आएपछि हतार छ भन्दै निस्केको तर कसले फोन गर्यो र केका लागि ताथलीको चुनदेवीतर्फ गएको हो भन्ने कुरा थाहा नभएको शिक्षकहरूले बताएका छन्।
हत्यापछि आज विद्यालयको पठनपाठन अबरुद्ध भएको एकेडेमीले जनाएको छ। रासस

Posted by Butwalonline
on 7:06 AM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response