वृद्धभत्ता बुढेसकालको पेन्सन
मुक्तिप्रसाद न्यौपाने ,पाल्पा,आषाढ २२-जिल्लाको हेक्लाङ्ग गाउा विकास समिति वडा नं. ९ कि ७२ वर्षीया धर्मी भट्टराईलाई सामान्य औषधी उपचार र सानातिना खर्चका लागि अहिले कसैको आशमा बस्नु पर्दैन । सरकारले दिएको बृद्ध भत्ताले उनको खर्च चलाएको छ । “बुढेसकालको सहारा बृद्धभत्ता भएको छ”–उनले भनिन् ।
हेक्लाङकि धर्मी मात्रै होइनन्, सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धालाई सहारा दिएको छ । बृद्ध भत्ता उनीहरुलाई जागीरबाट अवकास पाएपछिको पेन्सन जस्तै भएको छ । वृद्ध भत्ता लिन गाविस कार्यालय जान नसकेका चापपानी– २, पाल्पाका शेरबहादुर रायमाझीको घरमै भत्ता आयो । गाविस कार्यालय पुग्न नसकेका बृद्ध रायमाझीले वृद्धभत्ताको पट्टा अरुसाग पठाएर गाविसबाट भत्ता बुझेको बताए । ‘त्यो पैसाले बारीमा मकै छर्ने काम गर्दा ज्याला दिएा,–उनले भने ।
अर्चले गाउा विकास समितिका सचिव चेतनारायण ज्ञवालीले बुढेकाकालका बाबु आमालाई गाविस भवनसम्म आउन जानको लागि समस्या पर्ने भएका कारण सम्भव भएसम्मकालाई घरमै पुर्याइदिने गरेको बताए । पट्टा (परिचय पत्र) लिएर आउने नातेदारलाई पनि सो भत्ता दिएर सजिलो पारेको उनको भनाई छ । अर्चले गाविसमा मात्र दोस्रो किस्ताको दुई लाख आठ हजार रुपैंया वितरण गरिसकिएको उनको भनाई छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धावस्था, एकल महिला र अपाङ्गहरुको लागि भत्ता दिदै आएको छ । त्यसै कुरालाई मध्यनजर राखेर नेपाल सरकारले यि अवस्थाहरुमा सहजताकालागि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउादै आएको छ ।
जिल्लामा यो वर्षको प्रथम र दोस्रो चौमासिकको पााच करोड छयानब्बे लाख असी हजार सात सय रुपैयाा सामाजिक सुरक्षा भत्ता वितरण गरि सकिएको जिल्ला विकास समितिका लेखापाल बिष्णु ढकालले बताए । पाल्पामा यस्तो भत्ता चौमासिक रुपमा वितरण गरिन्छ । भत्ता पाउनकालागि दलित र एकल महिलाको उमेर साठी वर्ष हुनुपर्छ । जेष्ठ नागरिकलाई सत्तरी वर्ष पुग्नु पर्ने व्यवस्था रहेको छ ।
चालु आ.व. २०६८/०६९ को लागि २०६८ चैत्र देखि २०६९ असार मसान्त सम्मको तेस्रो किस्ताको दुई करोड साठी लाख पन्चानब्बे हजार छ सय रुपैयाा वितरण हुने भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने जिल्लाको ६५ गाविसमा जेष्ठ नागरिक ७ हजार ५ सय ७५ जना, दलित जेष्ठ (साठी वर्षे) १ हजार ८ सय १५ जना, एकल महिला ३ हजार ८ सय ८३ जना, पूर्ण अपाङ्ग ४० जना, आंशिक अपाङ्ग ६५ जना रहेका छन् । जसका लागि कुल जम्मा २ करोड ६७ लाख ७४ हजार ८ सय निकासा भएकोमा विभिन्न कारणले मृत्यु भएका र बसाई सराई गरेकाहरुको ६ लाख ७९ हजार २ सय नगद बााकी रहेर अरु रकम वितरण हुने जिल्ला विकास समितिका नायव सुब्बा कृष्ण पन्थी बताउछन् । तानसेन नगरपालिकाका जेष्ठ नागरिक ४ सय ५९, दलित जेष्ठ १ सय ५९, एकल महिला २ सय ४३, पूर्ण अपाङ्ग एक जना, आंशिक अपाङ्ग आठ जनाका लागि कुल १७ लाख ३५ हजार ६् सय निकासा भएको छ ।
साठी वर्ष मुनीका एकल महिलाहरुलाई १० महिनाको र विपन्न दलित वालवालिकालाई १२ महिनाको एकमुष्ट रकम समेत एकैपटक निकासा भएको छ । पाल्पामा मात्र ६० वर्ष मुनिका एकल महिलाको संख्या चार हजार दुई सय सत्र रहेको छ । विपन्न दलित वालवालिकाको संख्या तीन हजार नौ सय एघार रहेको छ । जसका लागि जम्मा तीन करोड चार लाख एकहत्तर हजार चार सय रुपैयाा निकासा भएको जिल्ला विकास समिति पाल्पाले जनाएको छ ।
साथै यस वर्ष दोभान गाविसका ६ जना लोपोन्मूख आदिवासी जनजाति (पथ्थरकट्टा) लाई २०६८ साउनदेखि माघ सम्मको मासिक पााच सय र फागुनदेखि २०६९ असारसम्मको १ हजार रुपैंयााका दरले हुन आउने जम्मा ५४ हजार रुपैंयाा समेत निकासा भएको जिल्ला विकास समितिले जनाएको छ ।
हेक्लाङ्ग गाविस वडा नं.९ की ३४ वर्षीया एकल महिला राधा सेंढाई भने बेलैमा भत्ता नपाउदा खिन्न छिन् । ‘गाविसमा गएर भत्ताका लागि फाराम भरेको एक वर्ष पुग्न आाट्यो तर अहिलेसम्म पैसा लिन पाइएको छैन त्यो रकम पाएमा आफ्नो छोरालाई पढाउने इच्छा छ’– उनले भनिन् । चार वर्ष पहिले श्रीमानको मृत्यु भएपछि उनी एक्लो छोरासगैं बस्दै आएकी छिन् । आफ्नो सहारा छोराको शिक्षाका लागि एकल महिला भत्ता खर्च गर्ने उनको सोंच छ ।
नेकपा एमाले जिल्ला अध्यक्ष यादव बहादुर रायमाझी सामाजिक सुरक्षा भत्ता प्रभावकारी भएको बताउाछन् । सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धा, अपाङ्गहरुका लागी निकै राम्रो गरेको छ–उनले भने ।सामाजिक सुरक्षा भत्ता २०५१ सालबाट प्रदान गर्न थालिएको हो । भत्ताको रकम समयमै गाउागाउासम्म पुग्न सकेको खण्डमा जीवनको उत्तरार्ध, एकल जीपिकोपार्जन गर्न परेका महिला र अपाङ्गता भएकाहरुलाई सजिलो हुने देखिएको छ । सामाजिक सुरक्षाका नाममा प्रदान गरिने भत्ता दलित, एकल महिला र जेष्ठ नागरिकलाई पााच सय र अपाङ्गकालागि मासिक एक हजार रुपैयााका दरले रकम प्रदान गरिदै आएको छ ।