|

जनजातिको बंदले तराईको जनजीवन प्रभाबित

काठमाण्डौं जेठ २५-नेपाल आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले प्रहरीको गोली लागेर मृत्यु भएका धनबहादुर थनेत थारुलाई सहिद घोषणा गर्न माग गर्दै बिहीबार केही जिल्ला बन्द गरेको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन नचल्दा त्यहाँको जनजीवन प्रभावित भएको छ ।
एक महिना अघि नवलपरासीको कावासोतीमा प्रहरीसँग भएको झडपमा परी घाइते भएको कार्यकर्ता थनेतको उपचारका क्रममा निधन भएको थियो । बन्दले पसल, शिक्षण सस्थासमेत पुर्ण रुपमा प्रभावित भएको छ । बन्दका कारण नवलपरासी, चितवन, रुपन्देही , कपिलवस्तु लगायतका जिल्लाहरुमा बिहानै देखि प्रभाव परेको छ । कावासोतीमा वैशाख २७ प्रहरीसँग भएको झडपमा परी केही थारु आन्दोलनकारी र प्रहरीसमेत गम्भिर घाइत भएका थिए । घटनास्थल नवलपरासीको कावासोती तथा डण्डा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
मृतकलाई सहिद घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएको आदिवासी जनजातीले देशभर शोकसभा गर्ने, शोक पुस्तिका राख्ने र आज र भोली थरुहट प्रदेशका जिल्ला बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 6:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनजातिको बंदले तराईको जनजीवन प्रभाबित"

Leave a reply