अत्यधिक हावाहुरी र वर्षाले घर भत्किँदा चार जनाको मृत्यु
डडेल्धुरा, जेठ १९ - बिहीबार राति चलेको अत्यधिक हावाहुरी र वर्षाले घर भत्किँदा बाजुराको बाँधु गाविस- ९ पीपल डाडीगाउँमा चार जनाको मृत्यु भएको छ। घर भत्किका ६० वर्षीया सुकिली सार्की, उनकी नातिनी १४ वर्षीया करिस्माको मृत्यु भएको छ।
यस्तै, दत्त कार्कीको घर भत्किदा उनका १२ वर्षीय छोरा लोकराज कार्कीको मृत्यु भएको छ भने प्रल्हाद लोहारको घर भत्किदा उनका ३ वर्षीय छोरा दिपेन्द्र लोहारको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ।
दत्त कार्कीकी छोरी झरना, धर्मा र बुबा रंग लोहार गम्भीर घाइते छन्। गम्भीर अवस्था रहेको उनीहरुको कोल्टीस्थित नविन मेडिकलमा उपचार भइरहेको छ। सदरमुकाम मार्तडीदेखि एक दिनको पैदलमा पर्न घटनास्थलमा शुक्रबार विहानै प्रहरी परिचालित भइसकेको प्रहरी नायव उपरीक्षक बहादुरजंग मल्लले टेलिफोनमा बताए।
हावा हुरी र वर्षाकै कारण अन्य १२ घरमा समेत क्षति पुगेको बताइएको छ। वर्षा र हावाहुरीकै कारण बाजुरा विमानस्थलमा समेत क्षति पुगेर उडान अवरुद्ध भएको प्रहरीले जनाएको छ।

समाचार नागरिक न्यूज बाट