पूर्वी तराई वन्दले जनजीवन प्रभावित,सर्वसाधारण यात्रु सास्ती बेर्होन बाध्य
वैशाख २५ - संविधान निर्माण गर्ने दिन जतिजति नजिकिदै छ, उति-उति नै विभिन्न खाले माग अघि सारेर बन्द-हड्तालको श्रृख्ला बढ्दो छ। यसै क्रममा पूर्वका ६ जिल्लालाई पूर्वी थारुवान कोचिला राज्य घोषणा गर्न दबाबका लागि सोमबार गरिएको बन्दले जनजीवन प्रभावित भएको छ।
एकीकृत माओवादीका सभासद सन्तोष थारुको नेतृत्वमा गठन भएको पूर्वी थारुवान कोचिला संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दले पूर्वका भापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुरमा लामो तथा छोटो दुरीका सवारी साधन चलेक छैनन्। वन्दकर्ता मुख्य तथा सहायक राजमार्गका चोक-चोकमा भेला भएर बसेका छन्।
सडकमा अति आवश्यकीय सवारी साधन भने सञ्चालन भएका छन्। बन्दले बजार-पसल, कलकारखाना र शैक्षिक संस्था पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्। एकपछि अर्को समुहले श्रृखलबद्ध रुपमा गर्ने गरेको बन्दबाट सर्वसाधारण यात्रु सास्ती बेर्होन बाध्य छन्।
६ जिल्लालाई पहिचान र आत्मनिर्णयको अधिकार सहित पूर्वी थारुवान कोचिला राज्य घोषणा गर्न माग गर्दै बन्द गरिएको हो। समितिले आदीवासीबाट १५ हजार युवालाई सेनामा सामूहिक प्रवेश गराउनुपर्ने, आईएलओ १६९ कार्यन्वयन गर्नुपर्नेलगायतका माग पनि अघि सारेका छन्।
समाचार नागरिक न्यूज बाट