अफगानिस्तानमा प्रहरी द्वारा दुई वेलायती सैनिकको हत्या
काबुल, वैशाख ३१ (एजेन्सी)- अफगानिस्तानमा त्यहाँको प्रहरीले दुई वेलायती सैनिकको हत्या गरेका छन्। दुबै जनालाई गोलि हानेर हत्या गरिएको बेलायतको रक्षा मन्त्रालयले बताएको छ।दुबै सैनिक हेलमांद प्रान्तको लश्कर जिल्लामा मारिएको वक्तव्यमा जनाइएको छ। दुबैमाथि स्थानीय अधिकारीहरूको एक वैठकका लागि सुरक्षा व्यवस्था गरि रहेको अवस्थामा गोलि हानिएको थियो।
संचार नागरिक न्यूज बाट
संचार नागरिक न्यूज बाट
