अखण्ड सुदूरपश्चिमको समर्थन र विरोधमा प्रर्दशनमा झडप
धनगढी,वैशाख २९- अखण्ड सुदूरपश्चिमको समर्थन र विरोधमा प्रर्दशनमा उत्रिएकाहरुबीच शुक्रबार कैलालीको धनगढीमा झडप भएको छ ।
चित्र नगर, पार्क रोड लगायतका स्थानमा भएको झडपमा परि आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन् । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले केहिसेल असुरग्याँस प्रहार गरेको छ । आन्दोलनरत थारु तथा आदिवासीहरुले आफूहरुको आमसभामा प्रयोग भएको लाइन काटेको तथा हस्तक्षेप गरेको आरोप लगाएको छ ।
आमसभामा आउँदै गरेका आफ्ना समर्थकहरुलाई दोधाराको मुढाबजारमा रोकेको तथा उनीहरु चढेको २ बटा ट्याक्टरमा आगजनी गरेको उनीहरुको भनाई छ । थारु तथा आदिवासीहरुले प्रतिकारको चेतावनी दिएका छन् । आन्दोलनकारीहरुबीचको झडपपछि धनगडी तनाबग्रस्त भएको छ भने प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
सुदूरपश्चिमलाई टुक्राउन पाइँदैन विभिन्न दल र नागरिक समाज, बुद्धिजिबि लगायतको अखण्ड सुदूरपश्चिम नागरिक संघर्ष समितिले भन्दै १४ दिनदेखि सुदूरपश्चिम बन्द गराएको छ भने छ भने अखण्ड सुदूरपश्चिमको विरोध तथा कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा राख्न माग गर्दै आदिवासी जनजाति महासंघ, थारु संयुक्त संघर्ष समिति लगायतले पनि आन्दोलन थालेका छन्
समाचार ओंलाइन खबर बाट
समाचार ओंलाइन खबर बाट
Posted by Butwalonline
on 1:46 PM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response