सरकारसँगको तीनबुँदे सहमतिपछि सुदूरपश्चिमको बंद खुल्यो
जेठ ४- अखण्ड सुदूरपश्चिमको माग राख्दै २० दिनदेखि भइरहेको सुदूरपश्चिमको आन्दोलन सरकारसँगको तीनबुँदे सहमतिपछि बुधबार साँझबाट फिर्ता भएको छ। सुदूरपश्चिममा भएको आन्दोलनले पुर्याएको सम्पूर्ण मानवीय र भौतिक क्षति सरकारले ब्यहोर्ने र आवश्यक परे अखण्ड सुदूरपश्चिमबारे जनमत संकलन गर्ने तीनबुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो। सरकारी वार्ता टोली र सुदूरपश्चिम संघर्ष समितिबीच तीनबुँदे सहमति भएको छ।
सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालाले आवश्यक परे कैलाली-कन्चनपुरमा जनमत संकलन गर्ने प्रतिबद्धतासहित विज्ञप्ति जारी गरेका थिए। सुदूरपश्चिम वार्ता टोलीले भने आशिंक मागमात्रै पूरा भएको भन्दै आन्दोलन फिर्ता लिन मानेको थिएन।
बुधबार सरकारी वार्ता टोली र संघर्ष समितिबीच दलका नेताको विज्ञप्ति कार्यान्वयन गर्न प्रतिबद्ध रहने, आन्दोलनभरको मानवीय र भौतिक क्षतिको आर्थिक क्षति सरकारले बेहोर्ने र २० दिनदेखि जारी आन्दोलन/ बन्द स्थगन गर्ने तीनबुँदे सहमति भएको हो। आफ्ना मागमा दलहरू सहमत भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको सुदूरपश्चिम जागरण मञ्चका अध्यक्ष पुष्करराज जोशीले बताए।
समाचर नागरिक न्यूज बाट