संघियता बिरुद्ध आज नेपालगञ्जमा प्रदर्शन
हेमराज भट्ट,नेपालगन्ज, जेष्ठ १० - जातिय संघीयताबिरुद्ध आज दिउसो नेपालगञ्जमा प्रदर्शन गरिने भएको छ । कुनै एक जातीलाई सम्वोधन गरेर बनाईने राज्यले विखण्डन ल्याउने निष्कर्षसहित जातिय राज्यबिरुद्ध प्रदर्शन गर्न लागिएको संघर्ष समितिले जनाएको छ । प्रदर्शनको पूर्व तयारी स्वरुप हिाजो शान्तिपूर्ण र्यालीमा प्रहरी दमन भएको भन्दै संघर्ष समितिका सदस्य हरि तिमिल्सेनाले आपत्ती जनाउनुभएको छ । हिमाल, पहाड र तराईलाई समेटेर राज्य बनाईनु पर्नेभन्दै उहााले जेठ १४ मा जातियताको आधारमा किटानी भएर संविधान जारी भए त्यसको डटेर मुकाविला गरिने समेत चेतावनी दिनुभयो । राज्यले धेरै संघ र प्रान्त थेक्न नसक्ने भएकाले ५ विकास क्षेत्रलाई नै पुरा अधिकार दिईनु पर्ने संघर्ष समितिको माग रहेको छ ।
