बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जना गम्भीर घाइते
प्यूठान, वैशाख २५ - बस दुर्घटना परि ३ जना गम्भीर घाइते भएका छन् । भिंगृबाट चन्द्रौटा जाँदै गरेको ना२ख ७३१९ नं का ट्रकसँग दाङबाट रोल्पा आउँदै गरेको ना२ख ४१४ नं को बस बाङ्गेशाल ६ भुल्केमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । ठक्करबाट दाङ लालमटियाका २४ वर्षीय बस चालक याम बहादुर नेपाली, प्यूठान बेलवास ८ का २५ वर्षीया गीता चौधरी र बाङ्गेशाल ६ का राजकुमार गुरुङ गम्भीर घाइते भएका छन् ।
घाइते चालकको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । यस्तै घाइते गीता चौधरीको लमहीमा उपचार भैरहेको र राजमकुमार गुरुङको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले बतायो ।
समाचार कान्तिपुर दैनिक बाट