संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपालबन्द फिर्ता
काठमाण्डौ,वैशाख ३०-ब्राम्हण क्षत्री, दलितलगायतको संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपालबन्द फिर्ता भएको छ । बन्द फिर्तासँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले राई समुदायको ठूलो पर्व साकेला पर्वको मध्य नजर गर्दै आज तेस्रो दिन निरन्तरतादिने भनिएको बन्द आहृवान फिर्ता लिएको संर्घष समितिका किरण गिरीले जानकारी दिनुभयो ।
सरकारसँग शुक्रबार भएको वार्तामा आफ्ना मागका विषयमा सरकार गम्भीर नभएको आज तेस्रो दिन पनि बन्दलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
यता अखण्ड सुदूरपश्चिमको माग राख्दै आज १६ औं दिन पनि सुदूरपश्चिममा बन्द जारी छ भने अखण्ड मध्यमश्चिमको माग राख्दै आन्दोलन सुरु भएको छ ।
समाचार ओंलाइन खबर बाट
Posted by Butwalonline
on 7:08 AM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response