|

बिस्केट जात्रामा रथले किचेर एकको मृत्यु २ घाइते

भक्तपुर, चैत्र २७ - भक्तपुरको क्वाँछेमा सोमबार साँझ भैरवनाथको रथको पाङ्ग्राले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । रथले किचेर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । रथले किचेर भक्तपुर चासुखेलका १९ वर्षीय प्रज्जवल माक र नासमनाका २७ वर्षीय प्रेम सिल्पकार घाइते भएका छन् । माकको भक्तपुर अस्पताल र सिल्पकारको सिनामंगलस्थित काठमाडौं मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।
स्रोत :कांतिपुर न्यूज़ 

Posted by Butwalonline on 8:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिस्केट जात्रामा रथले किचेर एकको मृत्यु २ घाइते"

Leave a reply