श्रीमतीको हत्या गरेर खाल्डोमा गाडे सेनाका जवानले
धनगढी,वैशाख ४- दुई सातादेखि वेपत्ता रहेकी कैलाली फुलवारीकी महिला सरितालाई सापकोटाको शव आइतवार मोहना नदीको किनामा गाडेको अवस्थामा फेला पारिएको छ। नेपाली सेनाका जवान रामबहादुर खत्रीले हत्या गरेर उनलाई खाल्डोमा गाडेर राखेको प्रहरी अनुसन्धानले देखाएको छ।
अबैध सम्बन्धबाट बच्चा जन्मेपछि २ महिना अघि श्रीमती स्विकारेर उनले सरितलाई घरमा भित्र्याएका थिए। गत चैतको तेश्रो साता बिदामा घरमा आएका वेला उनले उनले घाँटी च्यापेर हत्या गरेका थिए।
चैत २० देखि कैलाली फुलवारी गाविस वानं ९ डी गाउँ बस्ने नेपाली सेनाका जवान २५ बर्षिय खत्रीकी श्रीमती २५ बर्षिय सापकोटा बेपत्ता भएकि थिइन्। युवतीकी आमाले दुइसाता सम्म पनि छोरीको कुनै पत्तो नलागेपछि ज्वाइ प्रति नै शंका उव्जेर प्रहरीलाई गुहारेकी थिइन्।शनिवार पक्राउ गरेर प्रहरीले केरकार गरेपछि सैनिक जवान खत्रीले हत्या गरेर मोहना नदीको किनारमा गाडेका बयान दिएका थिए।
स्रोत :कांतिपुर
