|

स्याङ्जाको बजेट झण्डै साढे दुई अरब



प्रकाश डोटेल
स्याङ्जा-१८, फागुन ।

आर्थिक वर्ष२०६९/०७० का लागि  दुई  अरब ३७ करोड ५९ लाख ५८ हजारको बजेट र्सार्वजनिक गरिएको छ । २१ औं जिल्ला परिषद्मा बाषिर्क नीति, कार्यक्रम तथा बजेट वक्तव्यमार्फ उक्त बजेट र्सार्वजनिक गरिएको हो ।

र्सार्वजनिक गरिएको बजेट अनुसार जिल्ला विकास समिति र जिल्ला भित्रका सरकारी कार्यालयको लागि दर्ुइ अरब १५ करोड ५४ लाख ३९ हजार रहेको छ । कुल बजेटमध्ये सामाजिक संघ संस्था र गैरसरकारी संस्थाका लागि २२ करोड पा“च लाख १९ हजार बजेट विनियोजन गरिएको छ ।

जिल्ला विकास समिति र सरकारी कार्यालय तर्फो बजेट मध्ये कुल बजेटको ६७ दशमलव २२ प्रतिशतले हुन आउने रु एक अरब ४४ करोड ९० लाख २१ हजार चालु खर्च रहेको छ । पू“जीगत खर्च तर्फभने रु ७० करोड ६४ लाख १८ हजार रहेको छ । बिनियोजित बजेट अर्न्तगत पू“जीगत तर्फो खर्च ३२ दशमलव ७८ प्रतिशत हो ।  

विषयगत क्षेत्रका हिसाबले आर्थिक विकास समिति तर्फरु छ करोड ७५ लाख ६२ हजार, सामाजिक विकास समिति तर्फरु एक अरब १८ करोड ८६ लाख ९४ हजार, वन तथा वातावरण समिति तर्फरु चार करोड २४ लाख ६५ हजार, भौतिक पर्ूवाधार तथा विकास समिति तर्फ८५ करोड ३२ लाख १८ हजार र संस्थागत श्रोत तथा क्षमता विकास तर्फरु ३५ लाख बजेट बिनियोजन गरिएको छ ।

त्यसैगरि  सामाजिक संघ संस्था तथा गैरसरकारी संघ संस्थाहरुको कार्यक्रम तर्फबिनियोजित रु २२ करोड पा“च लाख रु १९ हजार रहेको छ । उक्त बजेट पू“जीगत खर्चमा समाबेश गरिएको २१ औं जिल्ला परिषदका अवसरमा स्थानीय विकास अधिकारी दर्ीघनारायण पौडेलले प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ ।

कृषि, वन, पर्यटन र पर्ूवधार-सामाजिक, समावेशी, समृद्ध, सम्मुनत र सुसंस्कृत स्याङ्जा जिल्लाको विकासको आधार भन्ने दर्ीघकालिन परिकल्पनालाई व्यवहारिक रुपमा रुपान्तरण गर्न प्रस्तुत बजेटमा जोड दिइएको छ ।

बजेटमा स्थानीय विकास अधिकारी पौडेलले स्थानीय श्रोत साधनको अधिकत्म सदुपयोग गर्दै रोजगार मुलक कार्यक्रम संचालन गरि जनताको जीवनस्तर उकास्ने उद्देश्यले कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा प्राथमिकता दिएका छन् ।

त्यसैगरि लैंगिक दलित, आदिवासी जनजाती, उत्पीडित वर्ग, बालबालिका तथा अपाङंग र द्धन्द्ध पीडितहरुका लागि, यातायात तथा पर्ूवधार विकास, खानेपानी तथा सरसफाइ, बिद्युतीकरण तथा बैकल्पीक उर्जा विकासका लागि बजेटमा रणनीतिक योजना तयार गर्न आवश्यक प्रक्रियाको थालनी गरिने भएको छ ।

परिषदमा गत आर्थिक वर्षो प्रगति र चालु आर्थिक वर्षा संचालित योजना तथा कार्यक्रमहरुको प्रगतिबारे समिक्षा गरिएको थियो ।

Posted by Anonymous on 7:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङ्जाको बजेट झण्डै साढे दुई अरब"

Leave a reply