यूएईमा ३०औं मगर दिवस कार्यक्रमको समिक्षा गरियो
मगर संघ यूएई ले फेव्रेवरी २४ तारिक दिन अवुधावी केरला सोसियल सेन्टरमा ऐतिहासिक ३०औं मगर दिवस भव्य रुपमा सम्पन्न गरेको थियो सो कार्यक्रममा संघले नेपालवाट वहुचर्चित कलाकारहरु मुना थापा र दिप सागर थापालाई वोलाएको थियो । मुना र दिपसागरले यूएई का दर्शकहरुलाई स्टेजमै वोलाएर झयाम झयाम नचाएका थिए । सोहि कार्यक्रमको समिक्षा वैठक वरदर्ुवईको केरिफोर पछाडि पार्कमा मगर संघ यर्ुर्एइका केन्द्रिय अध्यक्ष नुन प्रसाद सोमै मगरको अध्यक्षतामा वैठक वसी कार्यक्रमको वारेमा वृहत समिक्षा गरेको थियो संघका केन्द्रिय महासचिव भरतराना मगरले संचालन गरेका थिए
सो वैठकमा सचिव ललितमान राना , राजु सिंजाली , उपेन्द्र राना , खुम वहादुर आले ,धनेन्द्र माश्के र क्षेत्रीय अध्यक्ष्ँहरु खेमरास्कोटि , तुल वहादुर पुन , जे.वि राना लगायतका धेरै सदस्यहरुले ३०औं मगर दिवस कार्यक्रमको समग्र रुपमा भए गरेका सवै कुराको वारेमा आ.आफनो धारणा राखेका थिए । यसपालिको ३०औं मगर दिवस विभिन्न कमिकमजोरीका वावजुद पनि एतिहासिक रुपमा सफल भएको ठहर गरेको छ आगामी दिनहरुमा सवै कमिकमजोरि लाई सच्याउदै शसक्त ढङगले संघलाई लाई अघि वढाउने भन्ने सवैको राय भएको छ । यसै गरि मगर दिवसको सिलसिलामा आम्दानि खर्चको आर्थिक प्रतिवेदन कोषाध्यक्ष उपेन्द्र राना मगरले प्रस्तुत गरेका थिए र संघ संस्था स्पोन्सर दाताहरु विभिन्न व्यक्ति सम्पर्ुण्ा कलाकारहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सवैलाई ३०औं मगर दिवसलाई सफल पार्न आउनु भएका सम्पर्ुण्ा महानुभाव हरुलाई धन्यवाद दिईएको थियो भने आगामि दिनहरुमा पनि संघले सवै संग यस्तै निरन्तर सहयोगको अपेक्षा राखेको छ । जसको जानकारि संघका प्रवक्ता खुम वहादुर आलेले गराएका थिए