औँठाछाप पहिचान गर्ने मोबाइल फोन
मोबाइल तथा विद्युतिय सामाग्री उत्पादक कम्पनी सोनीले मान्छेको औँठाछाप पहिचान गर्ने एक मोबाइल फोनको उत्पादन गरेको छ ।
यो मोबाइल फोनको
स्क्रीनमा औँला राखेपछि त्यसमा जडित उच्चस्तरीय प्रविधिले उक्त औँला सम्बन्धित मोबाइल धनीको भए नभएको कुरा पत्ता लगाउँछ ।
सोनीले हालै यो प्रविधिजडित स्मार्टफोनको पेटेन्ट समेत दर्ता गराएकेा छ ।
सेन्सरको प्रकाश मार्फत
स्क्रीनमा छुवाइएको औँलाको छापलाई पहिचान गर्ने प्रविधि भएको यो मोबाइल फोन अबको केही समयभित्रैमा बजारमा आउने बताइएको छ ।
यद्यपि पोहोर साल मोटोरोला कम्पनीले उत्पादन गरेको एटरिक्स नामको मोबाइल सेटमा बायोमेटि्रक फिंगर पि्रन्ट स्क्यानर राखिएको थियो ।
तर सोनीको पछिल्लो उत्पादन त्यसभन्दा उच्चस्तरीय रहेको बताइएको छ ।
मोटोरोलाको सेटमा पछाडिपट्टी स्क्यानर रहेकोमा सोनीको सेटमा
स्क्रीनमामै यस्तो स्क्यानर राखिएकाले प्रयोगकर्तालाई सजिलो हुनेछ भने मोबाइलको चोरी तथा दुरुपयोगमा समेत कमी आउने विश्वास सोनीले गरेको छ ।
साभार :ओंनलाइन खबर
Posted by Butwalonline
on 8:24 PM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response