|

एपेकले नेपालको संस्कृति तथा स्मारक भवन निर्माणकोमा सहयोग पुर्‍याउने


काठमाडौँ, चैत १४- समाज कल्याण परिषद् र एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोओपरेसन फाउन्डेसन चाइनाबीच पाँच वर्षका लागि वार्षिक न्यूनतम रु एक लाख अमेरिकन डलर खर्च गर्ने गरी आज साधारण सम्झौता भएको छ। उक्त सम्झौताअनुसार दातृ संस्थाले नेपालको संस्कृति तथा स्मारक भवन निर्माणको क्षेत्रमा सहयोग पुर्‍याउने छ।
साथै उक्त संस्थाले महिला, बालबालिका तथा अपाङ्गहरुलाई सेवा दिने र उक्त कार्य नेपालको लुम्बिनीबाट सुरु गर्ने लक्ष्य लिएको जानकारी उक्त संस्थाले जनाएको छ। सो संस्था परिषद्सँग सम्झौता गर्ने चीनको पहिलो अन्तर्राष्ट्रिय गैरसरकारी संस्था भएको परिषद्ले जनाएको छ।
उक्त सम्झौतापत्रमा परिषद्का तर्फबाट सदस्यसचिव इ रवीन्द्र कुमार र संस्थाका तर्फबाट संस्थाका उपमहासचिव मिस जी चेनले संयुक्त रुपमा हस्ताक्षर गरे। रासस
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 7:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एपेकले नेपालको संस्कृति तथा स्मारक भवन निर्माणकोमा सहयोग पुर्‍याउने"

Leave a reply