|

ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित दुई जनालाई पक्राउ

काँकडभिट्टा, चैत्र ११ - सशस्त्र प्रहरीको राजस्व गस्ती टोलीले शनिबार झापाको धुलाबारीबाट ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । १० लाख ६० हजार नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सबै नक्कली हजार रुपैयाँको नोट रहेको छ । नोटसंगै भोजपुर भैंसीपंखा-९ का धनकुमार राई तथा झापा शान्तिनगर-३ का धनबहादुर लिम्बुलाई पक्राउ गरिएको छ ।

प्रहरीले ग्राहक बनेर नक्कली नोट तथा त्यसको कारोबारमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले गिरोहमा संलग्न अन्यको खोजी जारी जारी रहेको जनाएको छ । सशस्त्र प्रहरीका डिएसपी मनोज थापाको टोलीले उक्त नोट बरामद गर्न सफल भएको हो ।
स्रोत: कान्तिपुर 

Posted by Butwalonline on 2:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ठूलो परिमाणमा नेपाली नक्कली नोट सहित दुई जनालाई पक्राउ"

Leave a reply