पूर्व-पश्चिम जोड्ने विद्युतीय रेलमार्ग निर्माणको तयारी
काठमाडौ, माघ ११ - पूर्वको मेचीदेखि पश्चिमको महाकाली जोड्नेसहित मुलुकमा सवा तेह्र सय किलोमिटर लामो विद्युतीय रेलमार्ग निर्माणको तयारी भएको छ । रेल्वे विभागले मुलुकको दुई आर्थिक वर्षको सिंगो बजेटबराबर सात खर्बभन्दा बढीको लागतमा महत्वाकांक्षी रेलमार्ग निर्माण गर्न सम्भाव्य अध्ययन गरी डीपीआर तयार पार्ने कार्य सुरु गरेको हो ।
डीपीआर तयार भएपछि सरकारले दाता मुलुक तथा निकायसित अनुदान तथा ऋण सहयोग लिई रेलमार्ग निर्माण सुरु गर्ने जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले दिए । रेल्वे विभागका अधिकारीका अनुसार पूर्व-पश्चिम रेलमार्गका अतिरिक्त काठमाडौबाट प्रमुख पर्यटकीय सहर पोखरा जोड्ने रेलमार्गसमेत निर्माण योजना सरकारको छ । पूर्व-पश्चिम रेलमार्गलाई काठमाडौं-पोखरासित जोड्न नवलपरासीको ताम्सारियाबाट तनहुँको आँबुखैरेनीसम्म सम्पर्क रेलमार्ग निर्माण गरिने भएको छ । आँबुखैरेनी रेलमार्गबाट काठमाडौं, पोखरा र तराईलाई जोड्ने रेल्वे जंक्सन बन्ने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।
नेपाल-भारतबीचको व्यापारलाई सहज बनाउन सरकारले पूर्व-पश्चिम रेलमार्गबाट भारतीय सीमा जोडिने वीरगन्ज, विराटनगर, जनकपुर, भैरहवा, नेपालगन्ज, गुलरियालगायतका सबैजसो प्रमुख नेपाली सहरसम्म सम्पर्क रेलमार्गसमेत निर्माण गर्ने भएको छ । पूर्व-पश्चिम ९ सय ४५, पोखरा-काठमाडौं १ सय ८७, ताम्सारियाबाट आँबुखैरेनी ७२ किमी, भारतीय सीमा नाकासित जोडिने प्रमुख सहरहरूसित जोडिने सम्पर्क मार्ग १ सय १३ किमीसहित कुल रेलमार्गको लम्बाइ १ हजार ३ सय १७ किमी हुनेछ ।
यी रेलमार्ग निर्माण गर्न ७ खर्ब ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान सम्भाव्य अध्ययन गरेको परामर्शदाता भारतीय कम्पनी राइट्स इन्टरनेसनलको छ । पूर्व-पश्चिमसहित यी सबै ठाउँ रेलमार्ग निर्माण भइसकेपछि मुलुकको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र ढुवानी तथा आउजाउ खर्चसमेत ठूलोमात्रा घट्ने जानकारी सरकारी अधिकारीले दिए । 'मुलुकको आर्थिक विकासका लागि यी रेलमार्ग कोसेढुंगा सावित हुनेछन्,' ती अधिकारीले भने ।
भौतिक योजना मन्त्रालयले पहिलो चरणमा प्रस्तावित पूर्व-पश्चिम रेलमार्गमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन -डीपीआर) तयार पार्ने र त्यसपछि विदेशी दाता र बैंकहरूसित अनुदान तथा ऋण सहयोग परिचालन गरी रेलमार्ग निर्माण सुरु गर्ने गृहकार्य गरिरहेको छ । सरकारले पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्न पाँच खण्डमा विभाजन गरी डीपीआर तयार गर्ने कार्य सुरु गरेको छ । पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्न ४ खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
भौतिक योजना सचिव तुलसी सिटौलाका अनुसार पूर्व-पश्चिम रेलमार्गको बर्दिबास-पथलैया-वीरगन्ज खण्डमा रेलमार्ग निर्माण गर्न डीपीआर तयार पार्ने कार्य सुरु भइसकेको छ । १ सय ३४ किमी लम्बाइको यस खण्डको डीपीआर निर्माणको काम कोरियन कम्पनीले गरिरहेको छ । भारतीय सहयोगमा जयनगरबाट बर्दिबाससम्म ६० किमी रेलमार्ग निर्माण गर्न डीपीआर तयार सुरु भइसकेको छ । जग्गा अधिग्रहण सकिनासाथ भारतले जयनगरबाट बर्दिबाससम्म रेलमार्ग निर्माण कार्य सुरु गर्नेछ । यो पूर्व-पश्चिम रेलमार्गबाहेककै खण्ड हो ।
पूर्व-पश्चिम रेलमार्गको पथलैयादेखि लुम्बिनीसम्म डीपीआर निर्माण गर्न टेन्डर आह्वान गरी गरी कम्पनी छनौट कार्य अन्तिम चरणमा पुगेको छ । कम्पनी छनौट भएपछि एक/डेढ महिनामै १५० किमी लम्बाइको यो खण्डमा डीपीआरको काम सुरु हुनेछ । पूर्व-पश्चिम रेलमार्गको लुम्बिनीदेखि महेन्द्रनगर खण्डको डीपीआर तयार पार्न ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ । यो खण्ड २५० किमी लामो छ ।
इटहरीदेखि काँकडभिट्टा खण्डको डीपीआर तयार गरिदिन सरकारले दक्षिण कोरियालाई आग्रह गरेको छ । यो खण्ड १ सय किमी लामो छ । इटहरीदेखि बर्दिबाससम्मको २ सय ५० किमी लामो खण्डको मात्र डीपीआर तयार पार्ने काम केही समयपछि सुरु हुनेछ । रेलमार्गको डीपीआर तयार पार्ने कार्यसमेत महँगो छ, एक किमी डीपीआर तयार पार्न सरदर ३० लाख रुपैयाँ खर्च हुन्छ ।
विद्युतीय रेलमार्ग रेल प्रतिघन्टा एक सय किमीका दरले कुद्न सक्ने ब्रोडगेजस्तरको हुनेछ । रेलमार्ग एउटामात्र रेल कुद्न मिल्ने -सिंगल लेन) को निर्माण गरिनेछ । हरेक १० किमीको दुरीमा बनाइने रेल्वे स्टेसनमा दुईतिरबाट आएका रेल वारपार हुने रेल्वे ट्रयाक निर्माण गरिनेछ ।
प्रमुख तीन ठाउँ र भारतीय नाका सहर जोड्न निर्माण गरिने १ हजार ३ सय १७।५ किमी लामो रेलमार्गमा ५६ वटा टनेल बनाइनेछ, टनेलको कुल लम्बाइ १ सय ५४.५ किमी हुनेछ । यी रेलमार्गमा ४ सयवटा ठूला र १४ सय ७० साना पुल निर्माण गर्नुपर्नेछ ।

स्रोत :कान्तिपुर