कैदी फरार पछि तीन प्रहरी हिरासतमा
कृष्ण आचार्य,दैलेख मंसिर १६-दैलेख कारागारमा रहेका बन्दीहरुको लागि पानी लिन गएका कैदीका नाईके नरबहादुर रोकाय बुधबार बाटोबाटै फरार भएपछि उनको सुरक्षाका लागि खटिएका तीन प्रहरी अहिले हिरासतमा परेका छन् ।
कालिकोट जिल्ला भर्ता गाबिस वडा न ३ घर भएका नरबहादुर रोकाय २०६५ सालमा श्रीमतीको हत्याको आरोपमा पुर्पक्षको लागि थुनामा परेलगत्तै अदालतको फैसला अनुसार उनले जेल सजाए भोगी रहेका थिए । पानी लिन धारा गएको बेला प्रहरीलाई पिसाव फेर्ने निहुामा फुत्केर भागेपछि उनको सुरक्षामा खटिएका प्रहरीलाई अनुसंन्धानका लागि हिरासतमा राखिएको निमित्त जेलर नमराज उपाध्यायले जानकारी दिएका छन् ।
उनलाई पानि लिन बाहिर जाने अनुमती दिएका प्रहरी हवल्दार लोकबहादुर भण्डारी, सुरक्षाको लागि खटिएका प्रहरी जवान धनलाल शाही र चौकराज पुनलाई हिरासतमा राखिएको जिल्ला कारागार शाखाले जानकारी दिएको छ ।बुधवार दिउसो ज्यान मुद्धामा परेका अन्य दुइजना कैदी लिएर कारागारका ईन्चार्ज बिक्रम थापा सहित अन्य थप दुइजना प्रहरी अदालत आएको र कारागारमा पानीको समस्या समाधानका लागि मुल गेटमा बसेको गस्तिको रोहवरमा थप प्रहरी पठाएर उनीलगायतको टोली पानी लिन गएको बेला बाटोबाटै उनी फरार भएपछि उनको सुरक्षामा खटिएका प्रहरीलाई हिरासतमा राखिएको हो ।
दैलेखमा जिल्ला कारागारमा भएका विभन्न समस्या समाधनका लागि एकजना परिचर सहित अन्य ७ जना कैदीहरुलाई दाइ नाइके र भाई नाइके लगायतका पदहरु दिइ कारागारको समस्या समाधान गरिदै आएको थियो ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख दिपकबस्नेतले जिल्लाभर व्यापक खोजी कार्य भैरहेको र हालसम्म फेला नपरेको जानकारी दिएका छन् । राणकालमा बनेको कारगारमा १६ क्षमता रहेको भएपनि हाल ५२ जना बन्दीहरु रहेका मध्य एकजना फरार भएपछि ५१ जना बन्दीहरु रहेका छन् ।