|

माओवादीले सशस्त्र द्वन्द्वमा कब्जा गरेका सम्पत्ति फिर्ताका गर्ने

काठमाडौं, कार्तिक १९ - माओवादीले सशस्त्र द्वन्द्वमा कब्जा गरेका सम्पत्ति फिर्ताका लागि सर्कुलर गर्ने भएको छ । उसले गाउँ, जिल्ला तथा क्षेत्रमा घर जग्गा फिर्ताका लागि शनिबार सर्कुलर पठाउने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा शनिबार बिहान बसेको प्रमुख तीन दलको बैठकमा माओवादीले समूहगत बसेका योङ कम्युनिष्ट लिग (वाईसीएल) कार्यकर्तालाई पनि तत्काल क्याम्प छाड्न निर्देशन दिने प्रतिबद्धता जनाएको एमाले नेता भीम रावलले जानकारी दिए ।

तीन दलबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछिमात्रै उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने सहमति भएको छ । त्यसअघि भने यसअघि बनेको माओवादीका वर्षमान पुन, कांग्रेसका कृष्ण सिटौला र एमालेका रावल सम्मिलित कार्यदललाई सक्रिय बनाउने सहमति भएको छ ।

प्रमुख तीन दलले मंगलबार राति भएको शान्ति प्रक्रिया टुंग्याउने सात बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याए । माओवादी, कांग्रेस र एमालेले सहमति कार्यान्वयनमा बाधा आउन नदिने निर्णय गरेका हुन् ।
                                                                                                                              स्रोत : कान्तिपुर न्युज

Posted by Butwalonline on 10:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीले सशस्त्र द्वन्द्वमा कब्जा गरेका सम्पत्ति फिर्ताका गर्ने"

Leave a reply