जिविसमा आन्तरीक स्रोतको कमी
मुक्तिप्रसाद न्यौपाने
पाल्पा, २७ असोज
वर्षात्को समयमा पाल्पा जिल्लाका अधिकांश सडक यस वर्ष पनि अवरुद्ध नै रहे । शिक्षा, स्वास्थ्य, शिक्षा, सञ्चार र यातायातमा यस वर्ष पनि खासै प्रगती देखिएन । प्राकृतिक छठाले भरिपूर्ण पाल्पा पर्यटकिय गन्तव्यको स्थान हो । पर्यटन बर्ष काम हुन सकेको छैन सार्वजनीक गरेका कार्यक्रम पनि केवल कार्ययोजना सिमित भएको छ । जिल्ला विकास समितिले बजेट अभावको कुरा गरेको छ भने नगरपालिका मौन बसेको छ । उद्योग व्यासायीहरु कुरा मात्रै काम नगर्ने गरेका कार्यक्रमहरु कागजमा मात्रै सिमित भएको हो । यहााको ढाका र करुवा स्वदेशमा मात्र होईन विदेशमा पनि प्रख्यात भए पनि यसलाई कतैबाट सहयोग नभएपछि उद्योगहरु बन्द हुने अवस्थामा पुगेकाछन् । स्थानीय निकायको बजेट पर्यटनका लागि नभएको गुनासो सुनिएको छ ।
पर्यटनका काम मात्र नभएर सडक मर्मत गर्ने काम अलपत्रमा परिरहेकाछन् । जिल्ला भित्र सञ्चालन गर्ने क्रियाकलापका लागि आन्तरिक आयका स्रोतको कमी भएका कारण राम्रो प्रगती गर्न नसकेको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत दुर्गाबहादुर थापा बताउनु हुन्छ । पहाडी जिल्ला भएकै कारण आन्तरिक स्रोतको कमी छ सोही कारण जिविसले कार्य गर्न कठिनाई भएको अधिकृत थापाको भनाई छ । पाल्पा जिल्लामा हालसम्म कर, दस्तुर, महशुल, तथा शुल्क, मालपोतको बिक्रि एवं भाडा , रजिष्ट्रेशन दस्तुर, वनपैदवार रोयल्टी, खानी, पेट्रोलियम रोयल्टी र विद्युत रोयल्टीबाट आन्तरिक रुपमा राजस्व संकलन गर्दै आएको र उक्त आयहरु जिल्लाकै विकास निर्माण खर्च हुने जिल्ला विकास समितिले जनाएको छ ।
२०६८/०६९ को बजेट भाषणले राजस्वको अधिकांश भाग नगरपालीकालाई बुझाउनुपर्ने व्यवस्था गरेका कारण जिविस टाट पल्टने अवस्थामा आएको छ, त्यसैले जिविसलाई पनि अनुदान दिने केन्द्रीय व्यवस्था गरिनुपर्छ भन्नुहुन्छ कार्यक्रम अधिकृत थापा । पाल्पामा संकलित राजस्व विशेष गरेर सडक विस्तार, ग्रामीण विद्युतिकरण, भूक्षय नियन्त्रण, खानेपानी र पर्यटनमा खर्च गरिएको राजस्व शाखाका खरिदार रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । जिल्लामा आन्तरिक स्रोतको अभाव हुादा बतासे छहरा सडकखण्डमा ओटासिल गर्न काममा कठिनाई भएको छ भने रामपुर सडकखण्ड सुधार हुन सकेको छैन । यता पर्यटन वर्ष भएर पनि पर्यटन प्रबद्र्धनका एउटा पनि काम भएको छैन ।
स्रोत प्रबद्र्धन गर्न पहाडी जिल्लालाई अप्ठारो छ । पाल्पा जिल्लामा सबैभन्दा बढी राजस्व जिल्ला विकासले निर्माण गर्ने सवारीकर मार्फत् उठाउने कर रहेको छ । गृह मन्त्रालयको राजमार्गमा ढााड राखेर राजस्व उठाउन नपाइने व्यवस्थाले पनि यसमा प्रभाव पारेको छ । जिल्लामा निकासीकर ठेक्का प्रक्रियाद्धारा उठाउादै आएको छ । आर्थिक वर्ष २०६८/०६९ का लागि सबैभन्दा बढी निकासीकरका लागि २२ लाख ७ हजार सात सयमा लक्ष्यको ठेक्का भएकोमा त्यो ठेक्कालाई पुनठेक्का गरि १५ लाख गरिएको छ । त्यस्तै आर्यभञ्याङ्ग रामपुर सडकखण्डमा गरिएको सवारीकरका लागि दीपज्योति बचत तथा ऋण सहकारी संस्था, आर्यभञ्याङ्गलाई ७ लाख ५० हजार उठाउने लक्ष्य राखिएको छ जसमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएमा ५०/५० प्रतिशत सहकारी र जिविसले बााड्ने सम्झौता भएको छ । पाल्पामा आर्थिक वर्ष २०६७/०६८ मा लक्ष्यभन्दा धेरै आम्दानी भएता पनि काममा भने प्रगती भएको देखिंदैन ।
राष्ट्रिय बजेटले जिल्लालाई समेट्न सकेकोछैन । बजेटमा चालु खर्चको मात्रा बढ्दै गएको छ जुन हाम्रो मुलुकको लागि दुर्भाग्य हो, त्यसैले पनि आन्तरिक स्रोत प्रबद्र्धनमा गई जिल्लाको समग्र विकास गर्न तर्फ अघि बढेमा दीर्घकालिन हित हुने थियो ।