एक युवतीको घाँटी रेटेर हत्या
सिराहा, असोज १८ (नागरिक)- सिरहाको गोविन्द्रपुर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। उक्त शव गोविन्दपुर-२ बस्ने बद्री रायकी १३ वर्षीया छोरी राधाकुमारी राय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
हिजो दिउसो २ बजे घाँस काट्न भनी स्थानीय सर्रे खोलातर्फ गएका राय बेलुकासम्म पनि घर फर्केर नआएपछि निजको खोजतलास गरिएको थियो। खोजतलासकै क्रममा उनको शव स्थानीय खोला नजिकै रहेको धान खेतमा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला पारेको थियो।घटना के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्रोत :नागरिक न्यूज