सडक दुर्घटनामा चार घाइते, दुईको अवस्था गम्भीर
चितवन (रत्ननगर), कात्तिक ११- चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आज बिहान चितवनको भरतपुर हाटबजार अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजना घाइते भएका हुन्।
घाइतेमध्ये भरतपुर नगरपालिका-१४ का २४ वर्षीय पशुपति श्रेष्ठको पुरानो मेडिकल कलेज र भरतपुर नगरापालिका-९ का १९ वर्षीय श्याम सापकोटाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
उनीहरुले चलाएको ना १८ प २४७४ र ना ८ प ८४८० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, नारायणगढमा ग १ ख २१०७ नम्बरको बसले ना ७ प २०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन््।
ठेगाना नखुलेका घाइते रवीन गुप्ताको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आजै भएको मोटरसाइकल दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भरतपुर नगरपालिका-१० का २१ वर्षीय समुन्द्र कडँेललाई चितवनमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ।
नारायणगढबाट नवलपरासी जाँदै गरेको ना १७ प ३१८० नम्बरको मोटरसाइकल चालकले अत्याधिक मदिरा सेवन गरेकाले आँफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
चालक सुसन अधिकारी र मोटरसाइल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। रासस
स्रोत :नागरिक न्युज
