बिदेशबाट कामदार फर्किँदा ल्याइने टेलिभिजन कर घट्यो
काठमाडौ, अषाढ ३१ -
वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने
एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने महसुल दर घटाएको
छ ।
अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रबार दिउँसो प्रस्तुत गरेको बजेटमा यो
ब्यवस्था गरेको हो । बैदेशीक राजगारीबाट फर्केकाहरुले आफ्नो प्रयोजनका लागि
ल्याएको त्यस्ता सामाग्रीहरुमा पनि करलगाई दिंदा मर्कामा पर्ने गरेको
गुनासो गर्दै आएको थियो ।TV को कर कति घट्यो त ?जानकारीको लागी यहाँ क्लिक गर्नु होला
सरकारले स्वास्थ्यका लागि हानिकारक मदिरा, वियर, चुरोट तथा सुर्तिजन्य
वस्तुको उपभोगलाई निरुत्साहित गर्ने भन्दै अन्तःशुल्कको दरमा केही वृद्धि
गरेको छ ।
बजेटमा बढ्यो:
–चालू आर्थिक वर्षलाई “कर कार्यान्वयन अभियान वर्ष” को रुपमा कार्यान्वयन गर्ने
–कानूनी कारवाही एवं असूलीमा प्रभावकारिता देखाउने
–सम्पतिको स्वघोषणा गर्नेः त्यसमा ब्यक्ति, परिवार वा कम्पनीले आन्तरिक
राजस्व कार्यालयहरुमा आफ्नै स्वामित्वमा रहेको घरजग्गा, गरगहना, नगद,
बैंक—वित्तीय संस्थामा रहेको निक्षेप, कसैलाई दिएको सापटी, शेयर—डिवेन्चरमा
गरेको लगानी र सवारी साधन लगायतका सम्पूर्ण चल अचल सम्पत्तिको निश्चित
प्रतिशत कर तिरी स्वघोषणा गर्न पाइने । कर प्रयोजनको लागि बाहेक विवरण
गोप्य राखिनेछ ।
–सम्पत्तीको स्वघोषणाबाट प्राप्त राजस्वलाई मुलुकको ऊर्जा संकट समाधान गर्न जलविद्युत परियोजनामा विनियोजन गरिने ।
–भन्सार मूल्याङ्कनलाई यथार्थपरक बनाउन र न्यून विजकीकरणलाई निरुत्साहित
गर्न पैठारी हुने मालवस्तुहरुको भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य घोषणा
गर्नुपर्ने गरी तोक्न सक्ने व्यवस्था गर्ने ।
–स्वास्थ्यका लागि हानिकारक मदिरा, वियर, चुरोट तथा सुर्तिजन्य वस्तुको
उपभोगलाई निरुत्साहित गर्न अन्तःशुल्कको दरमा केही वृद्धि गर्ने ।
–स्थायी लेखा नम्बर लिएका लेखापढी ब्यवसायीले मात्र घरजग्गाको रजिष्ट्रेसन सम्बन्धी लेखापढी गर्न पाउने व्यवस्था गरिनेछ ।
–लामो समयदेखि बांकी रहेका बक्यौतालाई असुली गर्न विशेष अभियान चलाउने ।
कर छुट
सहकारीबाट संचालित गोलभेडाबाट केचप उत्पादन गर्ने उद्योगहरुले आयात गर्ने मिल मेसिनरी एवं यन्त्रउपकरणहरुमा भन्सार महसुल छुट दिने ।
–वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने
एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने हालको महसुल दर
घटाउने ।
–जुट उद्योगले पैठारी गर्ने स्पयेयर पार्ट्स लगायतका सामाग्रीहरुमा मूल्य अभिवृद्धि कर छुट दिने ।
–आपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने स्कुटरमासडक निर्माण तथा संभार दस्तुर नलाग्ने ।
–विद्युत, सोलार एवं व्याट्रीबाट चल्ने सवारी साधनमा लाग्ने सडक निर्माण तथा संभार दस्तुरमा पचास प्रतिशत छुट दिने ।
–दमकल तथा शववाहनमा सवारी साधन कर नलाग्ने ।
–वैदेशिक रोजगारमा गएका कामदारहरुको मृत्यु भएको अवस्थामा भुक्तानी हुने वीमा रकममा लाग्दै आएको आयकर सोधभर्ना हुने ।
–घर जग्गाको विक्रीबाट हुने आम्दानीमा लाग्दै आएको पूँजीगत लाभकर पचास प्रतिशतले घटाउने ।
–धितोपत्र वोर्डमा सूचीकरण भएका निकायको शेयर खरिद विक्रीमा कट्टा गरिने
पूँजीगत लाभ कर निकायको हकमा पन्ध्र प्रतिशतबाट दशमा र व्यक्तिको हकमा दश
प्रतिशतबाट पाँचमा झार्ने ।
–भूमिमा महिलाको स्वामित्व वढाउने उद्देश्यले हिमाली क्षेत्रका
ताप्लेजुङ्ग, सोलुखुम्वु, रसुवा, मनाङ्ग, मुस्ताङ्ग, हुम्ला, जुम्ला, मुगु,
कालिकोट, डोल्पा, बझाङ्ग र दार्चुला जिल्लाका
सदरमुकाम वाहेकका गाउँ विकास समितिहरु र संखुवासभा, दोलखा, धादिङ्ग,
सिन्धुपाल्चोक र गोरखाका केही दुर्गम गा.वि.स.हरुमा महिलाको नाममा घर
जग्गाको रजिष्ट्रेशन पारित
गर्दा लिखतमा लाग्ने दस्तुरमा ४० प्रतिशत छुट दिने ।
–पतिको नाममा कायम रहेको घरजग्गाको स्वामित्व परिवर्तन गरी पत्नी समेतको
नाममा संयुक्त स्वामित्वको रुपमा लिखत गर्न चाहेमा एक सय रुपैया मात्र
रजिष्ट्रेशन दस्तुर लाग्ने ।
–स्वरोजगार सिर्जना गर्न मद्दत पुर्याउने लुगा सिउने कलमा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने गरी छुट दिने ।
Source:kantipurnews