एम्बुलेन्स र ट्रक त्रिशुलीमा खस्यो, ६ जना घाइते
चितवन, श्रावण १३ - मुग्लिङ-नारायणगढ सडकखण्डको दारेचोक-२ चुम्लिङटारमा शुक्रबार बिहान मालबाहक ट्रक र एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ ।
दुबै सवारीमा यात्रारत ६ जना घाइते भएका छन् । नारायणगढबाट काठमाडौंका लागि छुटेको ना ३ ख ६६०५ नंको मालबाहक ट्रक र काठमाडौंबाट नारायणगढका लागि छुटेको स १ च ६८२ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किंदा दुबै सवारी त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खसेका दुबै सवारी नदी किनारमा क्षतबिक्षत अबस्थामा छन् । तीन जना घाइतेहरुको अहिले भरतपुर मेडिकल कलेजमा र अन्यको गजुरी सामुदायीक अस्पतालमा उपचार भैरहेको छ । एक जना यात्रु भने सम्पर्कमा नरहेकाले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुरको मनहरी-३ बिजौनाका उत्तम घिमिरे फरार भएका छन् । दुर्घटनामा चालक मनहरी मकवानपुरका हरिकृष्ण घिमिरे, सिरहा रामपुर विर्ता का उमेश शाह, मकवानपुर मनहरी ३ का चालक ईश्वर सिग्देल र सोही ठाउँका शिबहरि राउत र सिराहा मिर्चैयाका एम्बुलेन्स चालक राज कुमार शाह घाईते छन् । ट्रक र एम्बुलेन्स दुबै सडकबाट झण्डै दुई सय फिट तल त्रिशुली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खसेका दुबै सवारीलाई क्रेनको सहायताले निकाल्न लागिएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
साभार:कान्तिपुर