लोकप्रियता एप्पलका आईफोन र आईप्याडको
एप्पल विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनी हो । बजार मूल्यका आधारमा जसरी एप्पल अग्रिणी स्थानमा छ, त्यसरी नै यसले विभिन्न क्षेत्रमा नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ ।
आईफोन र आईप्याडको उल्लेख्य बिक्रीसँगै कम्पनीको त्रैमासिक नाफा, आम्दानी र स्टक मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च कायम भएको छ ।
मुख्यगरी आईफोनको बिक्री अपेक्षा गरेभन्दा उच्च भएकाले नाफा रकमले नयाँ रेकर्ड बनाएको हो । आफ्नो वार्षिक तेस्रो त्रैमासमा एप्पलले २ करोड ३० हजार एकाइ आईफोन बिक्री गर्न सफल भएको छ । तेस्रो त्रैमास गत जुन ३० मा समाप्त भएको थियो । एप्पलका प्रमुख सञ्चालन अधिकृत टिम कुकले चीन, ल्याटिन अमेरिका, ब्राजिल र मध्यपूर्वमा बिक्री अत्यन्त उच्च भएको बताएका छन् ।
एप्पलले पहिलो पटक बजारमा सन् २००७ मा स्मार्टफोनको ल्याएको थियो । वालस्ट्रिटका विज्ञहरूका अनुसार कम्पनीले नयाँ संस्करणको आईफोन बजारमा नल्याउँदासम्म उपभोक्ताहरूले मोबाइल खरिद न्यून मात्रामा गर्ने देखिएको छ । आगामी सेप्टेम्बर महिनामा कम्पनीले नयाँ संस्करणको आईफोन बजारमा ल्याउने अपेक्षा गरिएको छ ।
आईफोनका साथसाथै तेस्रो त्रैमासमा कम्पनीले ९२ लाख ५० हजार एकाइ आईप्याड बिक्री गर्न सफल भएको छ । त्यस्तै ७५ लाख एकाइ आइपड बिक्री भएको छ, जुन बिक्री संख्या अघिल्लो वर्षको तुलनामा भने २० प्रतिशतले न्यून हो ।
कम्पनीले ३ करोड ३० लाख एकाइ आईओएस डिभाइस बेचेको छ । जसलाई दैनिक रूपमा हेर्ने हो भने प्रत्येक दिन ३ लाख ६७ हजार डिभाईस बिक्री हुन जान्छ, तर यसको प्रतिद्वन्द्वी गुगलको एन्ड्रोइड प्रणाली दैनिक ५ लाख ५० हजार एक्टिभेट भइरहेको छ, जुन झन्डै एप्पलको भन्दा ५० प्रतिशतले उच्च हो ।
तेस्रो त्रैमासमा एप्पलको खुद आम्दानी दोब्बरले बढेको छ । आम्दानी रकम बढेर ७.३ अर्ब अमेरिकी डलर पुगेको छ अर्थात् प्रतिसेयर मूल्य ७.७९ डलर कायम भएको छ ।
Source:Karobardaily

Posted by Butwalonline
on 9:56 AM. Filed under
Technology
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response