पति र ससुरा मिलेर 'हत्या'
जाजरकोट, असार ३१- थालारैकर-७ का कृष्णबहादुर नेपालीले १९
वर्षीया पत्नी बत्तीसरा नेपालीको हत्या गरेको प्रहरीले जनाएको छ। घर नजिकै
तीन दिनअघि बत्तिसराको मृत शरीर फेला परेपछि घटनाको प्रारम्भिक छानबिन र
माइती पक्षको किटानीपछि प्रहरीले कृष्णबहादुर नेपाली र ससुरा कुलबहादुर
नेपालीलाई बुधबार पक्राउ गरी अनुसन्धान थालेको छ।
हत्याको आरोप लागेका कृष्ण र कुलबहादुरले भने सामान्य घरायसी विवादमा आफैले भीरबाट हाम फालेर आत्महत्या गरेको दाबी गरेका छन्।
तीनमहिने
बच्चाकी आमा बत्तीसराको कृष्णसँग गत वर्ष मात्र विवाह भएको थियो। यस अघि
पनि पटकपटक पारिवारिक झगडाका कारण उनी माइतमा गइरहने उनकी दिदी मैनसरा
नेपालीले बताइन्।
लास घर नजिकैको भीरमुनि घोप्टो अवस्थामा घाँटीमा मफलर बेरिएको अवस्थामा भेटिएका र शरीरमा समेत चोट पटक लागेकाले अभियुक्तहरुमाथि आशंका र अनुसन्धान गर्नुपर्ने ठाउँ प्रशस्त रहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।
Source:nagariknews