आज विश्व जनसंख्या दिवस
२७ असार, काठमाडौँ । आज जुलाई ११ तारिख अर्थात विश्व जनसंख्या दिवस । ‘सात अर्ब मानिसको आ-आफ्नो बेथा, गरिबि र अज्ञानता हटाउनु छ सदा’ भन्ने नाराका साथ विश्व जनसंख्या कोषको आयोजनामा विश्वभर विविध कार्यक्रम गरी जनसंख्या दिवस मनाइंदै छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । हरेक वर्ष आजका दिन संयुक्त राष्ट्रसंघको आहृवानमा विश्वभर जनसंख्या दिवस मनाउँदै आइएको छ ।
दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्हृ १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनाल लगायतका उच्च सरकारी अधिकारी सहभागी हुने बताइएको छ । विश्वको जनसंख्या हाल ७ अर्ब रहेको संयुक्त राष्ट्रसंघ विश्व जनसंख्या कोषले जनाएको छ ।
source:onlinekhabar