प्रशन्तको किन मायामा' र अँगालो यो मायाको एकै साथ 'रिलिज हुँदै ..
काठमाडौ, अषाढ ९ - 'किन मायामा' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दार्जिलिङका समीर प्रधान निर्मित फिल्म उपत्यकाका कम्तीमा ८ र बाहिरका २५ हलमा रिलिज हुनेछ । बुधबार फिल्मको गीति एल्बम विमोचनसँगै राखिएको पत्रकार सम्मेलनमा सहभागी हुन दार्जिलिङबाटै फिल्म निर्देशक चुनीलाल घिमिरे हतारहतार काठमाडौं आइपुगेका छन् ।
निर्देशक यसरी हतारिनुमा फिल्मका नायक कारक देखिएका छन् । 'किन मायामा' का नायक प्रशान्त तामाङ नै अभिनीत फिल्म 'अँगालो यो मायाको' पनि शुक्रबारै सार्वजनिक हँदै छ । प्रशान्त गत साता मात्रै राजधानी आएर 'अँगालो यो मायाको' को प्रमोसनमा जुटे पनि 'किन मायामा' को बुधबारे कार्यक्रममा भने अनुपस्थित रहे ।
गत वर्ष सबैभन्दा बढी व्यापार गर्न सफल 'गोर्खापल्टन' का नायक प्रशान्तको दोस्रो दरिने होडमा लागेका दुवै फिल्मले प्रदर्शनको मिति पनि जुधाएपछि प्रतिस्पर्धा चर्किएको हो । 'हामीले होइन, उहाँहरूले नै जुधाउनुभएको हो,' 'किन मायामा' को वितरक सुनील मानन्धरले रोष व्यक्त गरे, 'हामीले यसलाई काठमाडौंमा रिलिज हुने (प्रशान्तको) दोस्रो फिल्म बनाउनेबारे पहिले नै भनिसकेका थियौं ।'
'अँगालो यो मायाको' ले नयाँ वर्षकै दिन सिक्किमको गान्तोकमा पि्रमियर सो गरेर दोस्रो हुने होडमा पहिलो भए पनि प्रशान्तको ठूलो बजारका रूपमा हेरिने नेपालमा भने 'किन मायामा' बाजी मार्ने सुरमा थियो । तर 'अँगालो यो मायाको' त्यही दिन रिलिज हुने मात्रै भएन, निर्माण पक्षले नायकलाई समेत फिल्म प्रमोसनका लागि उतार्यो ।
'अँगालो यो मायाको' मा प्रेमीका साथै दुव्र्यसनीको भूमिकामा समेत देखिएका प्रशान्तलाई यसमा नवनायिका हषिर्ता केसीले अँगालेकी छन् भने 'किन मायामा' मा आफ्नै गायक छविमा देखिएका उनलाई नायिका सुमिना घिमिरेले साथ दिएकी छन् ।
'अँगालो यो मायाको' मा प्रशान्तले नै गाएका भए पनि महेश खड्काको संगीत रहेको 'किन मायामा' का गीतहरू कर्मा ग्याल्छेन बमजन, प्रमोद खरेल, दीपक लिम्बूसहित गायिका अञ्जु पन्तले गाएका छन् । गीत कुमार विवाहितले तीन तथा पुष्कर पराजुली र निर्देशक चुनीलालका एक-एक लेखेका हुन् ।