|

गजल

घरको याद आयो.................................

सवै वाट टाढा छु म घरको याद आयो
विगदका ति सवै पल भरको याद आयो।

चिसो हावा, डांडा पाखा छैन कठै आकाश मात्रै
चौतारीको पिपल अनि वरको याद आयो।

गगन् चुम्वि महलहरु आधुनिकता देखासिकी
ओत लाग्ने झुपडी त्यो खरको याद आयो।

कमाउन प्रदेश आइयो भने जस्तो तलव छैन
दिनानु-दिन् वढेको भाउ दरको याद आयो।



स्वतन्त्र हुनु कंहा जेलमा जस्तै वस्नु पर्ने
वा-आमाले संझाउदाको डरको याद आयो।

पढेपछि ठुलो मान्छे भइन्छ भन्थे पढाउदा
चेत पाइयो आज त्यहि सरको याद आयो।

 अशोक गौतम  "क्षिति"
 संकरनगर-२ शारदा स्कुल
 रुपन्देही
 हाल-खाडी मुलुक.......

Posted by Anonymous on 8:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply