दीपेन्द्र र अनु बिच मनमुटाव
दि युग देखि युग सम्म डेब्यू निर्देशक दीपेन्द्र के खनाल र हिरोइन अनु शाह बिचको सम्बन्धको बारेमा अहिले प्रश्न चिन्ह खडा भएको छ । आफैले डेब्यू गराएकी हिरोइन अनु लाई साथमा लिएर दोस्रो प्रजेक्ट धर्मा निर्देशन गरेका खनाल र अनु बिच कसैले नजिकको सम्बन्ध रहिआएको बताएका छन् भने कतिले त मनमुटाव पनि भएको अकल काटेका छन् ।
कुरा गरौं सम्बन्धको,
दुई बर्ष अगाडी अनुलाई मुख्य भुमिकामा लिएर दीपेन्द्रले दि युग देखि युग सम्म नामक चलचित्र निर्देशन गरे । दिपेन्द्रको त्यो पहिलो चलचित्रले निकै चर्चा पनि कमायो साथसाथमा दिपेन्द्र र अनुको सम्बन्धका बारेमा पनि चर्चा चल्न थाले । नेपाली रजतपतमा नायिकालाई ब्रेक दिने अधिकांश निर्देशक र तिनै नायिका बिच सम्बन्धको चर्चा रहिआएको अवस्थामा दीपेन्द्र पनि सो घानमा मुछिए ।
कति सञ्चारकर्मी माझ दीपेन्द्रले आफूहरूको सम्बन्धको बारेमा प्रतिक्रिया पनि दिन पर्यो । दीपेन्द्रले सञ्चारकर्मीलाई आफूहरू बिच केही त्यस्तो सम्बन्ध नरहेको बताउँदै आए पनि यो सम्बन्धलाई नजिकबाट नियाल्नेको संख्या कम छैन । हुनत दीपेन्द्र भन्छन्, 'म नेपालका कुनै नायिकासँग नजिक छैन र मलाई नजिक हुनु पनि छैन ।' काममा बिश्वास गर्ने दीपेन्द्रले यस्ता नचाहिने हल्लाले आफूहरूलाई मात्र नभएर परिवारलाई समेत असर गर्ने बताए । त्यसैले यस्ता सम्बन्धको बारेमा केहि नभन्दिन उनको आग्रह पनि छ । उता अनुको पनि त्यहि प्रतिक्रिया छ । त्यसो भए के यि दुई बिच नजिकको सम्बन्ध छैन त ? यो प्रश्न अझैसम्म अनुत्तरित नै छ ।
अब कुरा गरौं मनमुटावको,
जतिले दीपेन्द्र र अनुको नजिकको सम्बन्धको बारेमा अड्कल काटेका छन् त्यतिकै संख्यामा उनीहरू बिच मनमुटाव रहेको अड्कल पनि काटेका छन् । यि दुई बिचको मनमुटाव भएको हल्ला पनि सुनिन थाले पछि फिल्मीखबरले यो बिषयमा केही रिसर्च गरेको थियो । खनाल र अनु बीचको मनमुटावको मुख्य कारण भने अभिनेत्री मनीषा कोइराला भएको फिल्मीखबरको रिसर्चले देखाएको छ ।
दुई बर्ष अगाडी दिपेन्द्रले आफ्नो चलचित्र दि युग देखि युग सम्ममा अनुलाई नायिका बनाए । चलचित्र पनि राम्रै बन्यो । सम्बन्ध राम्रै भएकोले उनले पुन: आफ्नो दोस्रो प्रोजेक्ट 'धर्मा' मा अनुलाई दोहोर्याए । सुटिङ पनि राम्रै सम्बन्धका बिच सम्पन्न भयो । चलचित्रले राम्रै चर्चा पायो । सञ्चारमाध्यममा धर्माले यति ठूलो चर्चा पायो कि त्यो चर्चा नै निर्देशक दिपेन्द्र र अनुको सम्बन्धमा तगारो बनिदियो र त्यो तगारो बनिन् नायिका मनिषा कोईराला ।
चलचित्रको बारेमा जताततै नायिका मनिषाको मात्र चर्चा चले पछि अनुलाई आफू एक्लीएको महसुस भएछ क्यारे उनी धर्माको कुनै पनि कार्यक्रममा सहभागी भईनन् । हुनत अन्याए सञ्चारकर्मीले पनि नगरेका हैनन् । सम्पूर्ण सञ्चारमध्ययम नायिका मनिषामाथी ओईरिएपछी अनु छाँयामा परिन् । यो कुरालाई निर्देशक दिपेन्द्र स्विकार्न तयार छन् । उनी भन्छन्, ' ,मनिषा दिदीले गर्दा अनु छायाँमा परेकै हो ।' दिपेन्द्रले थपे, 'अनु पनि चलचित्रकी नायिका हुन् तर पनि मिडिया मनिषाकै पछि लाग्यो । सायद त्यहि कारणले गर्दा होला अनुलाई दु:ख लागेको ।'
असोज ४ गतेको अडियो विमोचन समारोहले अनु र दीपेन्द्र बिचको टकरावले मलजल पाएको अनुमान लगाउन सकिन्छ । सो समयमा चलचित्र धर्मा अडियो विमोचन समारोहमा सम्पूर्ण मिडियाले मनीषालाई घेरेपछी अनु छाँयामा परेकी थिईन् । यसरी सार्वजनिक कार्यक्रममा वास्ता नगरिएपछि अनुको चित्त त दुख्ने नै भयो । मनीषाको कारण सुरू भएको यि दुईको मनमुटाव सो चलचित्रको रिलिज पूर्वको प्रेस मिट र प्रिमियरमा स्पष्ट देखिएको थियो ।
गएको मंसिर २१ गते लाजिम्पाट स्थित होटल साङग्रिलामा धर्माको प्रदर्शनबारे आयोजना गरिएको प्रेस मिटमा अनुलाई दीपेन्द्रले पत्रकार सम्मेलनमा उपस्थित हुन फोनबाटै पटक पटक आग्रह गरेका थिए तर अनुले आफू नआउने प्रतिक्रिया दिएपश्चात दीपेन्द्रको मुड त्यो समय निकै खराब भएको थियो । त्यसैगरी गएको मंसिर २३ गते बिहिबार बेलुकी काठमाण्डौको कमल पोखरी स्थित किउएफएक्स कुमारी सिनेमा घर, जहाँ धर्मा चलचित्रको भब्य रेडकार्पेट प्रिमियर आयोजना गरिएको थियो । पूर्व मन्त्री दुर्गा पोखरेलले निर्माण गरेको सो चलचित्रको प्रिमियरमा काग्रेस नेता देखि सोही चलचित्रका अधिकाश कलाकारहरू उपस्थित भएका थिए तर धर्माकी नायिका अनु र महानायक राजेश हमाल भने देखा परेनन् ।
राजेश चलचित्र दुलहीको छायाकंनका लागि चितवनमा भएका कारण उनी प्रिमियरमा सहभागी हुन सकेका थिएनन् तर अनु भने त्यो समय काठमाण्डौ मै थिइन् । उनी आफ्नै चलचित्रको प्रिमियरमा किन आईनन त ? धर्माको यूनिटले अनुलाई प्रिमियरमा सहभागी हुन निमन्त्रण पत्र समेत दिएको थियो तर प्रिमियरमा फेरी पनि मनीषाको कारण मिडियाको छाँयामा आफू पर्ने भएपछी अनुले दीपेन्दलाई घुर्की देखाउदै प्रिमियरमा सहभागीता नजाउने प्रतिक्रिया दिएको बुझिएको थियो ।
प्रदर्शन पूर्व निकै चर्चा कमाएको आफ्नो चलचित्रको प्रेस मिट र प्रिमियरमा घुर्की देखाउदै अनुले सहभागीता नजनाएपछी यो समय अनु र दीपेन्द्रको बोलचाल पहिलेको जस्तो राम्रो नभएको बुझिन आएको फिल्मीखबरले निष्कर्ष निकालेको छ । आशा गरौ धर्माको प्रदर्शन सकिए लगत्तै यि दुईको मनमुटाव पनि मेटिएर जाओस र अनुले पुन: दिपेन्द्रकै चलचित्रमा काम गर्ने अवसर पाउन् ।
Source:फिल्मीखबर