काठमाण्डौमा 'दुलही' भित्र्याईयो
छायाँकनको लागी गत मंसिर ६ गते चितवन पुगेको चलचित्र 'दुलही' को युनिट ३० दिनको दिन मंगलबार राति काठमाण्डौ आईपुगेको छ । चलचित्रको अधिकांश भागको छायाँकन चितवनमा गरेर काठमाण्डौ आएको सो युनिटले बिहिबारबाट काठमाण्डौमा बाकीँ भागको छायाँकन शुरू गर्दैछ । गाउँकी एउटा साधारण युवती सहरको भव्य महलकी दुलही बन्न चाहँदा ती युवतीले भोग्नुपरेको कथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रलाई ओएसआर फिल्मसले निर्माण गरिरहेको छ । बाबुराम ढकालले निर्देशन गरिरहेको सो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, मुकेश ढकाल र सुमीना घिमिरेको मुख्य भुमिका रहेको छ ।
