अनिज रुपन्देहीका संस्थापक अध्यक्ष को चौथो स्मृति दिवस मनाइयो
बुटवल १४ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) जिल्ला समिति,रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गिय देबबहादुर पाटामगरको चौथो स्मृति दिवस आज बुटवलमा मनाइएको छ । अनिज,रुपन्देहीले पाटाको स्मृतिमा दिवस मनाएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारको क्षेत्रमा पाटाले गरेको गोगदानको चर्चा गदैं उहांले अंगिकार गरेको राम्रो कामको अनुसरण गरेर अगाडि बढ्न’पर्नेमा जोड दिएका थिए । पत्रकारीता क्षेत्र च’नौति र जोखिमपुर्ण पेशा भएको बताउंदैं उनीहरुले राज्यले पत्रकारहरुलाई उपेक्षा गरेको ग’नासो गरेका थिए । अनिज,रुपन्देहीका अध्यक्ष भीम गुरुङको अध्यक्षता,सचिव टेकबहाद’र मास्कीरानाको संचालनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्,रुपन्देहीका अध्यक्ष होमबहाद’र गलामी,प्रेस चौतारी,नेपालका प”र्व केन्द्रीय सदस्य शेरबहादुर के.सी.,स्वर्गिय पाटाका धर्मपत्नी नारायणी पाटामगर, अनिज,ल’म्बिनी अंचल सदस्य लोकनेंश ढेंगामगर,नेपाल छन्त्याल संघ,रुपन्देहीका अध्यक्ष दलबहाद’र छन्त्याल,थकाली सेवा समिति,ब’टवल क्षेत्रका अध्यक्ष शिवप्रसाद शेरचन,तमुह्युल छाेंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीका अध्यक्ष चन्द्रबहाद’र ग’रुङ,क्रान्तिकारी पत्रकार संघ,रुपन्देहीका अध्यक्ष रुद्रहरी कुंवर,प्रेस चौतारी नेपाल,रुपन्देहीका उपाध्यक्ष लक्ष्मण पौडेल,प्रेस य’नियन,रुपन्देहीका सहसचिव कविन्द्र नेपाल लगायतले बोल्नु भएको थियो । उहांको २०६५ साल फाग’न १४ गते मोटरसाइकल द’घट्नामा परि निधन भएको थियो ।
