|

गणेश सांस्कृतिक समूहद्धारा एकादशी मेला सम्पन्न

अशोक गौतम,बुटवल, ९ मंसिर । गणेश सांस्कृतिक समूहद्वारा दोभानमा आयोजित एकादशी मेला आज सम्पन्न भयो । मेलामा पूजाआजाका साथै दोभान खोलामा तोरण टाँग्ने काम समेत भएको छ । मेलामा लोक गायक प्रेम लामिछाने,दीपु मगर,विन्दू गुरुङले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए भने आकाँक्षा वस्यालले आधुनिक गीत प्रस्तुत गरेकी थिइन ।मेलामा दर्शकहरुलाई हाँस्यकलाकार सुशील सारु मगरले पेट मिचिमिची हँसाएका थिए ।

मेलाका प्रमुख अतिथि गाविस सचिव यादव प्रसाद अर्यालले युवाहरुले गरेको धार्मिक तथा सांस्कृतिक कार्यक्रमले दोभानको शान बढाएको बताउनु भयो । साथै मेलामा दोभान एकीकृत पर्यटन विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले गणेश सांस्कृतिक समूहले गर्ने यस खालको मेलालाई आगामी वर्षदेखि एकादशी महोत्सवको रुपमा विकास गरी दोभानको धार्मिक,सांस्कृतिक,ऐतिहासिक र पर्यटकीय विकासका लागि आजैदेखि पहल गर्नु पर्ने बताउनु भयो । मेलामा चोपलाल गिरी,पदमलाल शाक्य,लक्ष्मण थापा,तेजप्रसाद कडेंल लगायतले शुभकामना दिनुका साथै सो सांस्कृतिक समूहले विभिन्न खालका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

समूहका अध्यक्ष ज्ञान बहादुर गाहाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन निममाया पाण्डेयले गरेकी थिइन ।

Posted by Butwalonline on 7:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गणेश सांस्कृतिक समूहद्धारा एकादशी मेला सम्पन्न"

Leave a reply