|

लुम्बिनीमा गतबर्षको तुलनामा यस बर्ष ५.२६ प्रतिशत बाहय पर्यटकको आगमन घट्यो

बिन्दुकुमार चौहान,लुम्बिनी १९ कार्तिक । नेपाल सरकारले लुम्बिनीभ्रमण बर्ष २०१२  घोषणा गरेपनि अन्र्तराष्टिय पर्यटकीय स्थल लुम्बिनीमा गतबर्ष अक्टूबर महिनाको तुलनामा यस बर्षको अक्टूबर महिनजामा पाँच दशमलव २६ प्रतिशत बाहय पर्यटकको आगमन घटेको छ ।

लुम्बिनीबिकास कोषस्थित सूचनाशाखाले सार्बजनिक गरको तथ्याँक अनुसार सन २०११ को अक्टूबर महिनामा १४ हजार ८ सय ९२ जना बिदेशी पर्यटक लुम्बिनी आएका थिए भने सन २०१२ को अक्टूबरमा १३ हजार ९९ जना बिदेशी पर्यटक मात्र लुम्बिनी प्रवेश गरेको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनीमा बिदेशी पर्यटकको आगमन घटेपनि सन २०११को अक्टूबरमा श्रीलंकाले ४ हजार ३४४ जना , थाईलैण्डले दुईहजार ४५६ जना , म्यानमारले एकहजार ५९९ जना पर्यटक पठाई लुम्बिनीमा बढी पर्यटक पठाउने पहिलो, दोस्रो तस्रो स्थान हासिल गरेको छ ।

यसै गरि सन २०१२ को अक्टूबरमा नेपाली ३४ हजार ५३८ जना, तथा पाँच हजार ९४९ जना भारतीय पर्यटक लुम्बिनी प्रवेश गरेका छन । भने सन २०१२ को अक्टुबर महिनामा २६ हजार ४०९ जना नेपाली पाँचहजार ५१२ जना भारतीय पर्यटकको लुम्बिनी आगमन भएको तथ्याँक सार्बजनिक भएको छ ।

लुम्बिनीमा पर्यटन प्रबद्र्धनको लागि लुम्बिनी भ्रमण बर्ष २०१२ घोषणा पश्चात नेपाल सरकाले ठूलो धनराशि खर्च गरिरहेको बखत लुम्बिनीमा पर्यटक घटनु चिन्ताको बिषय हो तर कुनै कुनै महिनामा घटबढ भईरहने सूचना अधिकृत हरिध्वज राईले बताउनु भएको छ ।

                यद्यपि लुम्बिनीमा होटलग्रीन, जम्बाला होटल लगायत आधादर्जन होटल खुल्दा पर्यटक घटनु ठूलो चिन्ताको बिषय बनेको लुम्बिनी होटेल ब्यवसायी सघका अध्यक्ष मिथुनमान श्रेष्ठले गुनासो गर्नुभएको छ । भने लुम्बिनीमा पर्यटकको आगमनमा कमीले दर्जनौ फूलमाला ब्यवसायीहरुको ब्यापार घटेको लुम्बिनी पर्यटन ब्यवसायी अध्यक्ष्ाँ नरेन्द्र मिश्राले बताउनु भएको छ ।
            यसै गरि लुम्बिनी स्थित केन्द्रिय नहरमा पर्यटकहरुको आवतका लागि डुंगा समेत संचालन भएको बताईएको छ ।

Posted by Butwalonline on 11:37 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " लुम्बिनीमा गतबर्षको तुलनामा यस बर्ष ५.२६ प्रतिशत बाहय पर्यटकको आगमन घट्यो "

Leave a reply