|

वैदेशिक रोजगारमा गएका ६ सय ४३ नेपालीको अकालमै मृत्यु


काठमाण्डौं साउन १० - काम गर्न जाने मुलुकको ट्राफिक नियम, हावापानी र भौगोलीक वातावरणसम्बन्धि जानकारी नहुँदा गत आर्थिक बर्षमा ६ सय ४३ नेपालीको अकालमै मृत्यु भएको छ । ६४ जना अंगभंग भएका छन् । यसअघि आव ०६७/६८ मा ४ सय ६६ नेपालीले ज्यान गुमाएका थिए ।

गतबर्ष सवैभन्दा बढी एकसय ७१ जनाको हृदयघातका कारण मृत्यु भएको थियो । एक सय दुई जनाले प्राकृतिक र एकसय एकजनाले सडक दुर्घटनामा ज्यान गुुमाएका छन् । कार्यस्थलमै काम गर्दा गर्दै ४१ जनाको मृत्यु भएको छ भने ६५ जनाले आत्महत्या गरेका छन् । दुईजनाको हत्या भएको र अन्य विविध कारणले एकसय ६१ जना नेपालीको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोडले जनाएको छ ।

नेपाली युवालाई प्रभावकारी रुपमा अभिमुखीकरण तालिम नदिई विदेश पठाउँदा यति ठूलो संख्यामा मृत्यु भएको वैदेशिक रोजगार सुधार कार्यदलका संयोजक डा. गणेश गुरुङले बताउनुभयो ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 7:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैदेशिक रोजगारमा गएका ६ सय ४३ नेपालीको अकालमै मृत्यु"

Leave a reply