|

सेनाद्धारा १५ राउण्ड फायर कावासोतीका स्थानियहरु आतंकित

नवलपरासी, फाल्गुन २७ - नवलपरासीको अग्यौली ५ अमलटारीमा रहेको रणदल गुल्मको टोलि र स्थानियवासीहरु बिच झडप हुदा नेपाली सेनाका जमदार सहित ११ जना घाईते भएका छन् । चितवन राष्ट्रिय निकुन्जको सुरक्षार्थ अमलटारीमा रहदै आएको सेनाको टोलि र गुल्म नजिक रहेको कावासोति १ सांणको मुसहर गाउंका स्थानिययूवाहरु बिच गएराति झडप भएको थियो  ।

बिबाद  बढ्दै गएपछि सेनाले सुरक्षाका लागी करिब १० । १२ राउण्ड हवाई फायर गरेको गणका प्रमुख मेजर शुशील थापाले जानकारी दिनुभयो  । तर उहांले आफ्ना जवानले स्थानियबासीले बिबाद गर्न खोजेपछि सुरक्षाकालागी हवाई फायर गरेको दाबी गर्नुभयो  । युवाहरु बिच भएको विवादले उग्ररुप लिन पुग्दा भएको झडपमा परि गुल्मका जमदार गोपाल रेग्मी सहित ५ जना नेपाली सेना र ६ जना स्थानिययूवाहरु घाईते भएकाछन् ।

सो झडपमा परि नेपाली सेनाका जमदार चन्द्रबहादुर रेग्मी गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक उमेश लम्सालले बताउनु भएको छ । यसैगरी   घटनामा परि कावासोती गाविस वार्ड नम्बर १ सांडका स्थानिय बुद्धी मुसहर, गंगा राम महतो, लिला बहादुर मुसहर,टिकाराम मुसहर लगाएतका  घाईते भएको बताईएको छ ।

Posted by Butwalonline on 7:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " सेनाद्धारा १५ राउण्ड फायर कावासोतीका स्थानियहरु आतंकित "

Leave a reply