मृगौला रोगबाट बच्ने ८ उपाय
मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
विश्वभरि मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला 'फेल' हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।
उच्च रक्तचाप, मधुमेह र मुटुको रोग मृगौला रोग लाग्नाका प्रमुख कारण हुन् । सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यहरू बिस्तारै कम हुँदै गई अन्तमा मृगौला 'फेल' हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ । डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ ।
निदान मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सम्भव हुन सक्छ । यसका लागि रगतमा क्रिटिनिन र पिसाबमा प्रोटिनको जाँच गर्नुपर्ने हुन्छ । धेरैजसो मृगौलाका रोगीहरूमा सुरुमा केही लक्षण नहुन पनि सक्छ । सुरुमै मृगौला रोग लागेको पत्ता लागेमा मृगौला 'फेल' हुनबाट बचाउन महत्त्वपूर्ण उपचारको थालनी गर्न सकिन्छ ।
मृगौला बचाउन के गर्नुपर्छ ?
मृगौला रोग अघोषित मृत्युको कारण हो र यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ । यसका लागि ८ नियमहरूको पालना गर्नुपर्ने हुन्छ-
१. आफूलाई 'फिट' र सक्रिय राखौं । यसबाट उच्च रक्तचाप नियन्त्रणमा आउनुका साथै दीर्घकालीन मृगौला रोगको सम्भावनालाई कम गर्छ ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मृगौलाको रोग लाग्ने हुन्छ । तसर्थ्ा उहाँहरूले नियमित मृगौलाको परीक्षण गर्नु आवश्यक छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण
गरौं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मृगौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं र शरीरको तौल नियन्त्रणमा राखौं । यसबाट मघुमेह, मुटुरोग र मृगौला रोगलगायत अरू रोगबाट बच्न मद्दत पुग्छ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । यति मात्रामै पानी पिउनुपर्छ भन्ने निश्चित नियम नभए पनि करिब १.५ लिटरदेखि २ लिटरसम्म्ा पानी पिउने बानी बसाल्नु उत्तम हुन्छ ।
६. धूमपान नगरौं । धूमपानले मृगौलाको रक्तसञ्चारमा बाधा पुर्याई यसको कार्यक्षमतामा कमी ल्याउँछ । धूमपानले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं । जस्तैः बु्रफेन जातिको नदुख्ने औषधिहरू मृगौलाका लागि हानिकारक छन् ।
८. यदि तपाईं उच्च जोखिमयुक्त समूह जस्तैः उच्च रक्तचाप र मधुमेहका बिरामीहरू, धूमपान गर्नेहरू वा मोटोपना भएकाहरू, उमेर ५० नाघेका तथा उच्च रक्तचाप, मधुमेह वा मृगौला रोग लागेका व्यक्तिहरूको परिवारका सदस्यमा पर्नुहुन्छ भने आफ्नो मृगौलाको नियमित जाँच गरौं ।
लेखक मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन् । सामाग्री साभार :कान्तिपुर