|

मलेसियामा एक नेपालीको मृत्यु

इलाम, माघ ६ – रोजगारीका क्रममा मलेसियामा रहेका इलाम जमुना–१ का ४२ बर्षिय धनकुमार गुरुङ मृत अवस्थामा फेला परेका छन् ।

साढे २ वर्षअघि मलेसियाको सुगम मार्किङस्थित आसिट मोटर कम्पनीमा काम गर्न पुगेका गुरुङ बिहीबार विहान सुतेकै कोठामा मृत फेला परेको खबर आएको परिवारले जनाएको छ ।

बिहान काममा जान उठाउँदा मृत अबस्थामा भेटिएको एकै होस्टलमा बस्ने बाजुराका दानबहादुर शाहीले घरमा खबर दिएका परिवारले जनाएको छ ।

गुरुङले बुधबार बेलुकासम्म घरमा श्रीमतीसँग टेलिफोनमा कुरा गरेका दाजु यज्ञबहादुरले बताउनुभयो । मृतक गुरुङका श्रीमती, आमा र तीन दाजुभाइ छन् । उहाँको शव ल्याउने तयारी भइरहेको परिवारले जनाएको छ । उहाँको मृत्युको कारण थाहा हुन सकेको छैन ।स्रोत :उज्यालो नेटवर्क

Posted by Butwalonline on 7:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा एक नेपालीको मृत्यु "

Leave a reply