पत्नीलाई मट्टितेल खन्याएर आगो लगाउने पक्राउ
रुपन्देही, २४ पुस । रुपन्देही जिल्लामा पत्नीलाई मट्टितेल खन्याएर आगो लगाउने धनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।सिद्धार्थ नगरपालिका–४ बस्ने धनबहादुरले सोमबार राति ३२ बर्षीया पत्नी अनिता गुरुङलाई शरीरमा मट्टितेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । पतिले आगो लगाउँदा अनिता गम्भीर घाइते भएकी थिइन ।उनको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल ले जनाएको छ ।स्रोत : सौर्य दैनिक
