अलकायदाका उपप्रमुख शेख खालिद बिन अबदुर्रहमान मारिए
एजेन्सी, मंसिर २४ । आतंकवादी संगठन अलकायदाका उपप्रमुख शेख खालिद बिन अबदुर्रहमान अमेरिकी मानवरहित विमान आक्रमणमा मारिएका छन् । अदकायदा प्रमुख आयमन अलद जवाहिरीपछि दोस्रो प्रमुख नेता मानिने शेख खालिद, शेख अबुजैद अल कुवेती नामबाट पनि परिचित थिए ।
पाकिस्तानको उत्तरी बजिरिस्तानस्थित मीरान शाहमा विहिवार भएको ड्रोन आक्रमणमा ४६ वर्षिय शेख खालिद र उनका १० जना सहकर्मी मारिएको बीबीसीले जनाएको छ ।उनको मृत्युले अलकायदालाई ठूलो धक्का लागेको बताइएको छ ।
स्रोत : इमेज च्यानल
Posted by Butwalonline
on 6:48 PM. Filed under
News,
World News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response